arrow

हरीयो बन कार्यक्रमले एकदर्जन गाविसमा परिवर्तन

जलाधारको व्यवस्थापनबाट भु—क्षयको जोखिम कम

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ असार १६ बिहिबार
syanjaban.jpg.jpeg
स्याङ्जा ।  जलाधार क्षेत्रको व्यवस्थापन नहुँदा स्याङ्जाका अधिकांश गाविसहरु भु—क्षयको जोखिम मोल्न बाध्य छन् । पहाडी भौगोलिक अवस्था र बनजंगलमा लाग्ने डढेलो, उच्च पहाडी क्षेत्रमा जलाधारको व्यवस्थापन हुन नसक्दा भुक्षयका कारण गाँउ जोखिममा पर्न थालेका हुन् । हरियो बन कार्यक्रम अन्तरगत केयर नेपालले स्याङ्जाका १० गाविसलाई भु—क्षय देखि गाँउनै परिवर्तन ल्याउन सफल भएको छ ।
 
बर्षाद लाग्ने वित्तिकै डर र त्रासमा बाँच्ने स्याङ्जाको भाटखोला गाविस यतिवेला त्रासमुक्त देखिन्छ । केयर नेपाल नामक संस्थाले हरियो बन कार्यक्रम लागु गरेर यो गाविसका बासीन्दालाई भुक्षय बाट जोगाउने काम मात्रै हैन जलाधारको उचित प्रयोग सगै यहाँका बासिन्दाहरुलाई आयआर्जन, सरसफाई र नेतृत्व विकासमा ठुलो परिवर्तन ल्याइदिएको छ । भाटखोला त पात्र मात्रै हो केयर नेपाल नाम संस्थाले हरियो बन मार्फत काम गरेको एकदर्जन गाविसलाई परिवर्तनको बहाक बनाइदिएको छ ।
 
 जलाधारको व्यवस्थापन नभएका कारण मानवीय क्षेती समेत व्यहोर्न बाध्य भएको भाटखोला गाविसको सबै भन्दा बढी जोखिम काउले खोला रहेको स्थानीय बताउछन् । जसको व्यवस्थापन गर्न केयर नेपाल नामक संस्थाले काउलेखोलाको पानीलाई संरक्षित तवरले व्यवस्थापन गरिदिएको कारणले पछिल्लो समय भु—क्षयको जोखिम कम भएको स्थानीय समाजसेवी पर्सुराम रानाभाट बताउछन् । जलाधारको व्यवस्थापन नहुदा समयमै खेत रोपाई समेत गर्न पाएका थिएनन् । हरियो बन कार्यक्रम गाविसमा लागु भएपछि यहाँका किसानहरुले समयमै रोपाई, खानेपानीको व्यवस्था, घरभित्रको धुवामुक्त, बन संरक्षण लगायतमा टेवा पुगेको रानाभाटको भनाई छ । 
 
जलाधारको व्यवस्थापनका लागि सामुदायीक बनको संरक्षण ,बाढी पहिरोको जोखिम कम मात्रै होइन सामुदायीक बन जोगाउने अभियान सगै यस गाविसका महिलाहरुलाई नेतृत्व विकास तालिम समेत प्रदान गरिदिएको छ । श्रीमान श्रीमति सगै जोडि तालिमबाट यहाका महिलाहरुमा देखिएको परिवर्तनले महिलाहरुकै नेतृत्वमा बन जोगाउने समेत काम भएको छ । पहिला वोल्न डराउने महिलाहरु हरियोबन कार्यक्रमले तालिम दिएपछि आफूहरुमा अगाडी बढ्न सजिलो भएको ढाडाको पाखो सामुदायीक बन उपभोक्ता समुहकी अध्यक्ष कमला रानाभाट बताउछीन् ।
 
हरियो बन कार्यक्रमले खानेपानीको मुहान संरक्षण, नेतृत्व विकास तालिम, सुधारिएको चुलो, आयआर्जनमा बाख्रा पालन, जोडी तालिम लगायतका अभियानमा सहयोग गरेका कारण भाटखोला गाविसमा परिवर्तन आएको हो । जलाधारको उचित व्यवस्थान भएपछि यहाँका नागरिकलाई रोपाईमा समेत सहजता मिलेको कमला रानाभाटको भनाई छ । चुलो र चौकामामा मात्रै रहने महिलाहरु अहिले खुलेर गाँउको समाजिक विकासमा लागेको रानाभाटको भनाई छ । 
 
केयर नेपाल नामक संस्थाले स्याङ्जामा काम गर्ने ५ बर्षे सम्झौता सकिदै छ । सकिने बेलामा स्याङ्जाका संचारकर्मीहरुलाई कार्य विभाजन गरेर फिल्ड समेत अनुगमन गराएको थियो । जसका कारण यो संस्थाले गरेको अभियानका कारण गाविस निकै परिवर्तन भएको देखिन्छ । केयर नेपाल नामक संस्थाले हरियो बन कार्यक्रम मार्फत जलवायु परिवर्तन अनुकुन र सुशासन सगै महिलाहरुलाई नेतृत्व विकास तालिमबाट क्षमता अभिबृद्धि गर्ने काम गरेको छ । जसका कारण जलवायु परिवर्तन अनुकुलन सम्वन्धी योजना तयार गरि सरकार सगँ समायीत हुने पक्रिया सगै अगाडि बढेको केयर नेपालका फिल्ड संयोजक सम्झना वाग्ले बताउछिन । 
 
अहिले स्याङ्जाका एक दर्जन गाविसलाई जलाधारको उचित व्यवस्थापन नहुदा जोखिम मोल्न बाध्य रहेका गाविसको छनोट गरि केयर नेपाल नामक संस्थाले हरियो बन कार्यक्रम मार्फत काम गर्दै आएको छ । केयर नेपाल नामक संस्थाले वागेफड्के, वाङ्सिङ, सेतिदोभान, भाटखोला, फेदिखोला, आरुखर्क, कोल्मा, बहाकोट, ठुलाडिहि र पौवेगौडेमा हरियो बन मार्फत काम गर्दै आएको छ । सरकारले गर्नुपर्ने कामलाई विभिन्न संघसंस्थाले गरिदिदा गाविसका अधिकांश नागरिक लाभान्वित भएका छन् । यसको निरन्तरता सगै सरकारले पनि हातेमालो गर्ने हो भने अझै यहाँका नागरिक लाभान्वित हुने देखिन्छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ