arrow

कोरोना बिरामीको उपचार प्रभावकारी बनाउन दाङका चार सांसदद्वारा राज्यको ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २९ बुधबार
four-leader.jpg

नेपालगन्ज । दाङबाट लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार जना सांसदहरूले कोरोनाका बिरामीको उपचारलाई प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका छन् । 

सार्वजनिक लेखा समितिका सभापति डिल्ली बहादुर चौधरी, प्रदेश मामिला तथा कानुन समिति सभापति दामा शर्मा तथा सांसद द्वय शङ्कर गिरी र अर्जुन श्रेष्ठले दाङका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग भेट गरेर बढ्दो कोरोना सङ्क्रमणका कारण बिरामीहरूको सङ्ख्या दिन प्रति दिन बढ्दै गएकाले अस्पतालको व्यवस्था गर्न, अक्सिजनको तत्काल जोहो गरी नागरिकको ज्यान जोगाउन, अक्सिजन प्लान्ट स्थापना गर्न, अस्पताल, बेड र स्वास्थ्यकर्मीको सङ्ख्या बढाएर उपचारलाई प्रभावकारी बनाउनुपर्ने तथा होम आइसोलेसनमा बसेकाहरूलाई स्थानीय स्वास्थ्यकर्मीले निगरानी गर्नुपर्ने चार सांसदले ध्यानाकर्षण गराएका हुन्  । 

"पहिलो दायित्व अहिले नागरिकको ज्यान बचाउनु हो, कुनै कसर बाँकी नराखेर राज्यले आफ्नो सम्पूर्ण ध्यान कोभिड नियन्त्रणमा केन्द्रित गर्नुपर्छ, हामीले सिडिओ र एसपीलाई भेटेर यही कुरो भनेका छौँ, जनताको ज्यान बचाउन राज्यले अरू क्षेत्रको खर्च कटौती गरेर पनि महामारी नियन्त्रण र रोकथामका लागि खर्च गर्नुपर्छ," सांसद गिरीले भने-"जनताले अक्सिजन र उपचार नपाएर ज्यान गुमाइरहँदा राज्य निरीह र मूकदर्शक बस्न कसरी मिल्छ ?"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ