arrow

'रुस्तम' को ट्रेलर सार्वजनिक, 'रियल मर्डर केस'मा अक्षय

logo
प्रकाशित २०७३ असार १६ बिहिबार
rustam-1.jpg.jpeg
एजेन्सी । चलचित्र 'रुस्तम'को  ट्रेलर सार्वजनिक भएको छ । 'एयरलिफ्ट' र 'हाउसफुल ३' जस्ता सफल चलचित्र पछि अक्षय कुमार बक्स अफिसमा 'रुस्तम' लिएर आउने भएका हुन् । 
 
चलचित्र रिलिज भएसँगै अक्षयको सन् २०१६ मा तीन चलचित्र पुरा हुनेछ । जुन सन् २०१६ को  ह्याट्रिक हो ।  'रुस्तम' मा अक्षय नौसेनाको अफसरको भुमिकामा रहेका छन् । जो देशभक्त हुन्छ  । उनि  एक घटनाको कारण अदालतमा उपस्थित हुनुपर्छ ।
 
चलचित्र वास्तविक घटनामा आधारित रहेको छ । 'रुस्तम' चलचित्र के एम नानावटी प्रकरणमा आधारित रहेको छ । चलचित्रमा अक्षय कुमारका साथै इलियाना डिक्रूज़, ईशा गुप्ता र अर्जन बाजवा मुख्य भुमिकामा रहेका छन् ।  
 
इलियाना चलचित्रमा अक्षयको श्रीमति रहेकी छन् । उनको विवाह पछि पनि अफेयर चलेको देखाइएको छ । जुन श्रीमान् अक्षयलाई सहन हुदैन । टीनू सुरेश देसाईले  निर्देशन गरेको चलचित्र १२ अगस्तमा रिलीज हुदैछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ