arrow

विष्णु रिजाल एमाले प्रचार विभाग सचिव, एउटै गुटका विष्टले चुनाव हारे

logo
प्रकाशित २०७३ असार १६ बिहिबार
bishnu-rijal-news-FNL.jpg.jpeg
काठमाडौं । एमाले प्रचार विभागको सचिवमा विष्णु रिजाल निर्वाचित भएका छन् । प्रचार विभागको सचिवका लागि विहिबार भएको निर्वाचनमा रिजालले १४ मत ल्याए भने, प्रतिद्वन्द्वी गगन विष्टले ९ मत ल्याए । विष्ट प्रेस चौतारीको पूर्व अध्यक्ष हुन् भने, रिजाल पूर्व महासचिव हुन् । 
रिजाल र विष्ट दुवै माधव नेपाल निकट मानिन्छन् । रिजाल माधव नेपाल प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार समेत भएका थिए । एमाले महाधिवेश सकिएको लामो समय भइसकेपनि विभागको सचिव टुंगो लाग्न सकेको थिएन । 
 
यसअघि, प्रेस चौतारीको महाधिवेशनमा निर्वाचन हुन नदिई टिके प्रथाबाट पदाधिकारी चयन भएको भन्दै प्रेस चौतारीभित्र विवाद चर्किएको छ भने, एमाले प्रचारविभाग प्रमुख योगेश भट्टराईसंगको मनमोटावका कारण चौतारीका केही पूर्व पदाधिकारीहरु असन्तुष्ट छन् । एमाले संगठित सदस्य रहेका चौतारी पत्रकार खेम भण्डारीले राजीनामै दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ