arrow

नीतिगत रुपमै कामदार सोस्न मलेसियामा मन्त्रीले गोप्य भेटघाट गरेको आरोप

logo
प्रकाशित २०७३ असार १६ बिहिबार
Mantri-bohara-thagi-aarop.jpg.jpeg
काठमाडौं । काँग्रेस निकट म्यानपावर व्यवसायीहरूले सरकारका बहालवाला मन्त्री दीपक बोहोरा र मलेशियाका लागि नेपाली राजदूत निरञ्जन बस्नेतले नीतिगत निर्णय गरेर कामदार ठग्न लागेको आरोप लगाएका छन् । 
 
मलेशिया भ्रमणमा रहेका मन्त्री बोहोराले त्यहाँका श्रम मन्त्रीसँगको भेटघाटका क्रममा व्यवसायीहरूलाई समावेश नगराई गोप्य पाराले कामदार ठग्ने सहमती गर्न लागेको आरोप लगाएका हुन् ।  
 
काँग्रेस निकट म्यानपावर व्यवसायीहरूको संगठन नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी कामदारको हितको कुरा गर्दै कामदारलाई सोस्ने काम गरेको भन्दै आक्रोश व्यक्त गरेको हो । 
 
फोरमले सँगै गएको व्यवसायीहरूको प्रतिनिधिमण्डललाई भेटघाटमा संलग्न गराउन नसक्ने व्यहोरा मलेशियाका लागि नेपाली राजदूत निरञ्जन बस्नेतले गरेको घटना दुखद् रहेको निष्कर्ष पनि निकालेको छ । 
 
फोरमका अध्यक्ष प्रज्ञान न्यौपानेले भिसा प्रोसेस मेडिकलबाट लिइने दस्तुर, अनलाइन भिसाको लागि भनेर लिइने दस्तुर आदिमा गरिएको वृद्धि लगायतका यावत कामहरूमा सरकारी तवरबाट मन्त्री र मलेशियाका लागि नेपाली राजदूतसमेत संलग्न रहेको आरोप पनि लगाएका छन् । 
 
नेपालबाट सबैजनाले छलफलमा सहभागी हुने निर्णय गरेर लगेको ५ सदस्यीय प्रतिनिधि मण्डललाई बाहिरै राखेर दूतावासका कर्मचारी र मन्त्रीहरू नै नीतिगत निर्णय गरेर कामदारलाई मर्कामा पार्ने खेलमा लागेको आरोप पनि उनले लगाएका छन् । त्यहाँका मन्त्रीसँग बुधबार भेट्ने क्रममा पहिले भेट गर्ने कार्यतालिका बनाईएको भएपनि अन्तिम समयमा आएर व्यवसायीलाई भेटमा संलग्न गराउन नसक्ने जनाएपछि व्यवसायीहरू आक्रोशित बनेका हुन् । 
 
उनीहरूले सरकारले म्यानपावर व्यवसायीलाई विभिन्न बन्देजमा पारेर थोरै पैसामा कामदार विदेश पठाउन लगाएपनि आफू भने माफियाको प्रभावमा परेर कामदार सोस्ने काममा लागेको आरोप पनि लगाएका छन् । 
 
अध्यक्ष न्यौपानेले भिसा प्रोसेस शुल्कमा ७ सय रूपैयाँबाट ३९ सय रूपैयाँ पुर्‍यायाइएको, मेडिकल गर्दा कामदारले तिर्नुपर्ने शुल्कमा २५ सय बाट ४५ सय पपुर्‍यायाइएको र पछिल्लो समय अनलाईन भिसाको लागि भन्दै लिने गरिएको ३० डलर लगायतका शुल्कबाट कामदारलाई भार थपिरहेको सरकारले अहिले गोप्य सम्झौता गर्नको लागि व्यवसायीहरूलाई बाहिरै राखेको आरोप पनि लगाएको छ । 
 
 
यस्ता कार्यलागू गराउनको लागि मलेसियाका केही माफियाहरूसँग साँठगाँठ मिलाएर कामदार ठग्ने कर्मचारीमाथि आवश्यक कारबाही गर्न पनि फोरमले माग गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ