arrow

अखाद्य चामल वितरण गरी विवादमा गौरादह नगरपालिका

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ जेठ ४ मंगलबार
gauradaha.jpg

झापा । अखाद्य चामल वितरण गरी गौरादह नगरपालिका विवादास्पद बनेको छ ।  गरिब तथा विपन्न बर्गलाई कोरोनाको दोस्रो लहरमा राहतका नाममा अखाद्य चामल वितरण गरेर थप विवादास्पद बनेको हो  ।

गत वर्ष पनि दैनिकी गुजारा गर्न कठिन भएका नगरका गरिब तथा विपन्न ज्यालादारी गर्ने मजदुर बर्गलाई राहत स्वरूप वितरण गर्न सङ्कलन गरिएको खाद्यान्न पारदर्शी रूपमा वितरण नगरेर तत्कालीन समयमा विवादमा तानिएको थियो । 

यस्तै विवादास्पद कार्य अन्तरगत हाल गौरादह नगरपालिकाले १ सय १५ विपन्न परिवारलाई गत साल दाता बाट प्राप्त भएको र नगरको बिपद् व्यवस्थापन कोषको मोटो रकम खर्चिएर खरिद गरिएको मौज्दात चामल तथा दाल प्रयोगका लागि गुणस्तर हीन हुँदाहुँदै गरिब तथा विपन्न बर्गलाई कोरोनाको दोस्रो लहरमा राहतका नाममा वितरण गरेर थप विवादास्पद बन्दै गएको छ ।

 कुहिएर अखाद्य भएको चामल र दाल बाँड्ने तयारीमा रहेको खाद्यान्न नस्ट गर्ने निर्णय गरेर फेरि अर्को ठुलो गल्तीतर्फ नगरपालिका अघि बढेको देखिन्छ ।

 स्थानीय नागरिक हरूले गुनासो व्यक्त गरेपश्चात् मौज्दात रहेको दाल तथा भुजा लगायतका खाद्यान्नको अवस्था बारे जिज्ञासा राख्दै हाम्रा कुरा झापाका प्रतिनिधिले गौरादह नगरपालिकाका नगर प्रमुख रोहित कुमार साहलाई प्रश्न राख्दा उनले आनाकानी गरी नगरपालिकाको स्टोर शाखामा  बुझ्न र उक्त खाद्यान्नको अवस्था बारे आफू जानकार नरहेको जबाफ दिएका थिए ।
 
 यसै विषयमा गौरादह नगरपालिकाकी उपप्रमुख गीता भेटवाल पनि सो मौज्दात खाद्यान्नको अवस्था बारे आफू जानकार नरहेको बताउँदै आएकी थिइन ।

हाल सोही विषयलाई ढाकछोप गर्न कोरोनाको बहानामा पालिकाको सिसिएमसि बैठकको नाममा घुमाउरो र नाटकीय ढङ्गबाट बैठक बसी मौज्दात रहेको अखाद्य चामल तथा खाद्यान्नहरू इलाका प्रहरीको सहयोगमा नष्ट गर्ने निर्णयमा नगरपालिका पुगेको बुझिएको छ ।

 सोही अखाद्य बनेको केही परिमाण चामल र दाल केही दिन अघि नगरपालिकाले विपन्न नागरिकलाई राहत रूपमा नगर बासी गरिब तथा  विपन्न बर्गलाई बाँडेको थियो ।

राहत स्वरूप चामल तथा दाल प्राप्त गर्ने निमुखा वर्गबाट सो चामल तथा दाल प्रयोग गर्न अयोग्य रहेको र आफूहरूको स्वास्थ्य माथि नगरपालिकाले खेलबाड गरेको  उनीहरूले सञ्चारकर्मीलाई गुनासो राखेका थिए ।

  कोरोना भाइरस कोभिड १९ को दोस्रो लहरका कारण जिल्ला द्वारा जारी निषेधाज्ञाका कारण रोजगारीको अभावमा दैनिक गुजारा चलाउन मुस्किल परेका १ सय १५ विपन्न परिवारलाई जनप्रतिनिधिले अब्दस्थित गोदाममा एक वर्ष राखेर कुहिएको चामल वितरण गरेका थिए ।

त्यस्तै, अवस्थाको थप ५ हजार केजी चामल हाल सम्म पनि नगरपालिकाले गोदाममै राखेको छ । सो चामल पनि गरिब तथा विपन्न बर्गलाई वितरण गर्न नगरपालिका तयारीमा रहेको थियो ।

यसै विषयमा नगरका आम नागरिकले मौज्दात रहेको अखाद्य बनिसकेको खाद्यान्न बारे गम्भीर रूपमा चासो र चिन्ता व्यक्त गरेपश्चात् अखाद्य बनिसकेको खाद्यान्न वितरण गर्नबाट नगरपालिका पछि हटेको थियो । 

यसै विषयलाई निरूपण गर्न 
 हिजो सोमबार बसेको नगरको विपत् व्यवस्थापन समितिको बैठकले कुहिएको चामल नष्ट गर्ने निर्णय गरेको बुझिएको छ । 

बैठकले गौरादह स्थित साझाको सरकारी भवनमा राखिएको चामल अखाद्य बनेको निष्कर्ष निकाल्दै नष्ट गर्ने निर्णय लिएको नगर उपप्रमुख गीता भेटवालले जानकारी गराउँदै उनी भन्छिन् ,"त्यो चामल कामै नलाग्ने गरी बिग्रिएको छ अब चाँडै नष्ट हुन्छ ।"

नगरपालिकाले गत साल कोरोना माहामारिको समयमा नगर बासी!विपन्न वर्ग लाई राहत स्वरूप वितरण गर्न प्रति केजी रु ३८ का दरले खरिद गरिएको खाद्यान्न मध्ये वितरण गरी मौज्दात रहेको खाद्यान्न मासिक २ हजार रुपैयाँ गोदाम भाडा तिरी भण्डारण गरी राखेको थियो । 

अव्यवस्थित भण्डारणका कारण मौज्दात रहेको कुहिएर अखाद्य बनेको  चामल कुहिएकै अवस्थामा तीन हजार केजी चामल नगरपालिकाले विपन्न परिवारलाई बाँडेको हो । 

नगरपालिकाले १ सय १५ परिवारलाई प्रतिपरिवार २० केजीका दरले कुहिएको चामल र त्यस्तै अवस्थाको दुई केजी दाल प्रति परिवारलाई वितरण गरेको थियो ।

हाल यसै विषयलाई गौरादहका नागरिक बर्गले नगरपालिकालाई संस्थागत तथा व्यक्तिगत तवरबाट निरन्तर रूपमा खबरदारी गरिरहेका छन् । नगरपालिकाको गलत कदमको पटाक्षेप गर्दै कोरोना कहरका बाबजुद पर्ख र हेरको अवस्थामा आफूहरू रहेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ