arrow

बाढी खेतमा पस्दा ५० बिघामा लगाइएको मकैबाली नष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ४ मंगलबार
Jhapa-hamrakura.jpg.jpeg

झापा । अविरल वर्षाका कारण माईखोलामा आएको बाढी खेतमा पस्दा ५० बिघामा लगाएको मकैबालीलाई नष्ट भएको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बाढीेले झापा गाउँपालिका–२ सुगाबथान टोल नजिकै करिब ५० बिघामा लगाएको मकैखेतीलाई नष्ट गरेको जानकारी दिए ।

त्यस्तै, गए राति झापा –३ गौरीगाउँस्थित धनप्रसाद पौडेलको दुई बिघा खेतको परालमा वर्षासँगै परेको चट्याङ लागेर आगलागी भएको छ । 

उक्त आगलागी शिवसताक्षी नगरपालिका, कमल गाउँपालिकाको बारुणयन्त्र र स्थानीयवासीको सहयोगमा निभाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

आलगीबाट करिब रु २० हजार बराबरको क्षति भएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ