arrow

हलिउडको कल्पनामा सिमित, विज्ञानकै महत्वपूर्ण 'टाइम मेशिन प्रोजेक्ट' सुरु

logo
प्रकाशित २०७३ असार १७ शुक्रबार
timemachine.png.png
एजेन्सी । वैज्ञानिकहरुले विज्ञानकै महत्वपूर्ण टाइम मेशिन प्रोजेक्ट (एकै स्थान बसेर  भूत,बर्तमान र भबिष्यको यात्रा गर्ने मेशिन) मा काम सुरु गरेका छन् । टाइम मेशिन जसमा मानिस बसेर आफ्नो भूत र भबिष्यमा यात्रा गर्न सक्दछन् । यो सुनेर तपाईलाई पक्का पनि अचम्म लाग्न सक्छ । के मानिस कुनै ठाँउमा बसेर आफ्नो  भूत र भबिष्यको यात्रा गर्नसक्छ ? अमेरिकि प्रोफेसर रोनाल्ड मैलेको कुरालाई मान्ने हो भने अब त्यो दिन धेरै टाढा छैन ।
 
एउटा त्यस्तो मेसिन जसमा बसेर तपाई समयलाई परिवर्तन गर्न सक्नुहुनेछ । सो मेशिनले  विज्ञानको सिद्धान्त र नियमलाई परिवर्तन गर्नेछ । उक्त मेशिन चाडौँ विश्व सामु आउने फिजिक्सका प्रोफेसर रोनाल्ड मैलेले दावि गरेका छन् । 
 
अमेरीकाको कनेक्टिकट युनिभर्सिटिका प्रोफेसर रोनाल्ड मैले निकै पहिले देखि टाइम मेसिन प्रोजेक्टमा काम गरिरहेका छन् । प्रोफेसर मैले वैजानिक अल्वट आइसटाइन्टले बनाएको नियम अनुसारनै काम भइरहेको बताएका छन् । उनले भने,'यदि अनुसन्धान सफल भए, आइसटाइन्टको नियममा भने परिवर्तन आउनेछ।'  
प्रोफेसर मैले टाइम मेशिनको लागि रिङ लेजर टेक्नोलोजीको प्रयोग गरिरहेका छन् । सो लेजर टेक्नोलोजीमा  विकिरण को प्रयोग गरेर भुत,वर्तमान र भविष्यलाई मौजात रहेको स्थान र समयको मद्दतले बदल्ने प्रयास गरिएको छ । 
 
        
प्रोफेसर मैलेको यो महंगो प्रयोगलाई नतिजा सम्म पुर्‍याउन लाखौ पाउण्डको आवश्यकता रहेको बताएका छन् । तर कनेक्टिकट युनिभर्सिटिसँग यति धेरै सम्पति भने रहेको छैन । त्यसैले कनेक्टिकट युनिभर्सिटिले शोधमा सहयोग गर्नको लागि एउटा बैक एकाउण्ट खोलेको छ । जसमा विश्व भरिका मानिसले सहयोग गर्न सक्नेछन् । यस प्रयोगलाई स्पेस- टाइम ट्विस्टिङ बाय लाइट प्रोजेक्ट नाम दिइएको छ । 
टाइम मेसिन को स्वरुप कस्तो होला । जसमा तपाई समय बितउनुहुनेछ । यसको विषयमा एचजी वैल्सले आफ्नो पुस्तकमा एक तस्वीर राखेका छन् । जस तस्वीरलाई आधार मानेर हलिउडमा कयौ चलचित्रहरु बनिसकेका छन् । 
 
डिजाइनर र वैज्ञानिकहरुले यसको कयौ प्रोजेक्ट तयार गरेका छन् । साथै यसलाई आझ राम्रो बनाउने प्रयासमा रहेका छन् । टाइम मेशिनलाई थ्रिडी ज्यामेन्ट्रिको मद्दतले तयार गरिएको छ । मानिस बस्नको लागि यसमा आरामदायि ठाँउ राखिनेछ । समयलाई अगाडि पिछाडि गर्नको लागि यसमा पुर्ण रपले ध्यान दिइएको छ । कम्प्युटरमा डिजाइन गरिएको हजारौ मोडेललाई बैज्ञानिकहरुले प्रयोग गरिरहेका छन् । 
टाइम मेशिनको लागि पहिलो मोडलमा काठको प्रयोग गरिएको थियो । यस पछि सिसाको प्रयोग गरियो । अब जुन मोडल बनिरहेको छ त्यसमा फाइवर र सिसाको समान प्रयोग गरिनेछ । मेशिनलाई कम तौलको बनाउन सक्दो प्रयास गरिएको छ । 
 
मेशिनले अन्तरिक्षमा नभएर समयमा यात्रा गर्नेछ । यसको चल्ने तरिकामा विशेष ध्यान दिइनेछ ।  टाइ मेसिन अंतरिक्ष यान जस्तो भने हुने  छैन । 
 
   
 
    
    
     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ