arrow

समुदायस्तरमै फैलियो कोरोना : जता परीक्षण गर्‍यो उतै पोजेटिभ भेटिन थाले

logo
युद्धबहादुर  मल्ल,
प्रकाशित २०७८ जेठ ५ बुधबार
corona-humla.JPG

मुगु । बुधवार बिहान छायाँनाथ रारा नगरपालिकाले वडा नं ७ मा ५ जनाको एन्टिजिन परीक्षण गर्दा ३ जनाको रिपोट पोजेटिभ आयो सोही दिन जिल्ला अस्पताल मुगुमा १० जनाको एन्टिजिन परीक्षण गर्दा ७ जनाको रिपोट पोजेटिभ आयो । बिहीबार सोरूँ गाउँपालिको तारा पानीमा १० जनाको परीक्षणमा ७ जना कै पोजेटिभ भेटिए ।

कोभिड १९ कोरोना भाइरसको दोस्रो भेरियन्ट सुरु भएपछि जिल्ला अस्पतालमा महिनाको दोस्रो सातामा आफै परीक्षण गर्न आउनेहरूमा सुरुवातीमा फ्याट्ट फुट्ट कोभिड १९ पोजेटिभ भेटिए पनि पछिल्लो समयमा यहाँका स्थानीय सरकार तथा जिल्ला स्वास्थ्य सेवा कार्यालयले परीक्षणको दायरा बढाउँदा जता परीक्षण गरिप नि कोरोना पोजेटिभ भएकाहरू व्यक्तिहरू भेटिन थालेका छन् ।

प्रत्येक परीक्षणमा सङ्क्रमितहरू देखिन थालेपछि समुदाय स्तरसम्मै कोरोना फैलिएको पुष्टि भएको कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र मुगुका संयोजक एवं प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटी बत्ताउँछन् 

स्वास्थ्य सेवा कार्यालय मुगुका कोभिड १९ फोकल पर्सन दीप बहादुर रावलका अनुसार मङ्गलवार सम्म मुगु जिल्ला भरीमा ८३१ जनाको एन्टिजिन परीक्षण गर्दा १५२ जनाको रिपोट पोजेटिभ आएको छ । पोजेटिभ आएका मध्य ३० जनाले कोभिड १९ जितेका छन् । 

मङ्गलवार सम्म १०२ जना सङ्क्रमितहरू होम आइसोलेसनमा बस्नु भएको छ भने १ जना जिल्ला अस्पताल मुगुमा उपचाररत छन् । त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र राता पानीमा १९ जनाको उपचार भइरहेको छ । जिल्ला भरी सक्रिय सङ्क्रमितको सङ्ख्या १२२ जना रहेको पनि सूचना अधिकारी पशुराम नेपालीले जानकारी गराए ।

कोभिड १९ सङ्क्रमितहरूको सङ्ख्यालाई जिल्लामा रहेका चार स्थानीय तह अनुसार हेर्दा छायाँनाथ रारा नगरपालिकामा ९२ जना(जिल्ला अस्पताल सहित),खत्याड गाउँपालिका(प्राथमिक स्वास्थ्य केन्द्र रातापानी सहित) ३५ जना, मुगु कर्ममार्ग गाउँपालिकामा ४ जना र सोरूँ गाउँपालिकामा २१ रहेको स्वास्थ्य सेवा कार्यालय मुगुको कोभिड १९ दैनिक रिपोट २०७८ जेठ ५ गतेमा उल्लेख गरिएको छ ।

गत वर्षको पहिलो कोभिड भेरियन्टमा ३८ जना मात्र सङ्क्रमित भेटिएको मुगु जिल्लामा दोस्रो भरियन्ट गत वैशाख १३ गते यता देखि मङ्गलवारसम्म २३ दिन भित्रको परीक्षणमा १५२ जना सङ्क्रमित भेटिनुले कोरोना भित्र भित्र भुसमा आगो लागे झैँ फैलिँदै गएको पुष्टि भएको छ ।

गत वर्ष सबै सरोकारवालाहरूले सज कता अपनाएका थिए । त्यो बेला जिल्ला बाहिरबाट आएका लाई १५ दिनसम्म स्थानीय सरकारहरूले बनाएका क्वारेन्टाइृनमा राखिन्थ्यो । कोही सङ्क्रमित भेटिएमा त्यो क्षेत्र सिल गरिथ्यो र सङ्क्रमितको कनट्र्याक्ट ट्रेसिङ गरेर अन्य सङ्क्रमित पत्ता लगाईथ्यो यस्ता प्रक्रियाले कोरोना समुदायसम्म फैलिन पाएको थिएन तर यो चोटि नत परीक्षण बढाइएको छ नत जिल्लामा भित्रनेहरूलाई क्वारेनटाइनहरूमा  राखिएको छ । 

कोरोना पोजेटिभहरूलाई होम आइसोलेसनमा बस्नु भन्दै घर पठाइँदै आएको छ । सङ्क्रमित घरमा बसेको छ की बाहिर घुमिरहेको छ कतैबाट निगरानी छैन । बजारमा निषेधाज्ञा लगाइए पनि त्यो निषेधाज्ञा जस्तो नै छैन मान्छेहरूको भिडभाड उस्तै छ यस्तै यस्तै कारणले कोरोना समुदायसम्म भित्र भित्रै भुसमा आगो लागे झैँ बढिरहेको युवा व्यवसायी नवराज चौल गाई बताउँछन् ।

छायाँनाथ रारा नगरपालिका वडा नं १० तल्लेख गाउँका स्थानीय ज्ञान बहादुर शाही गाउँ गाउँमा ज्वरो आउने,हात गोडा दुख्ने,बान्ता गर्ने,टाउको दुख्ने लक्षण भएका बिरामी घर घरमा छन् परीक्षण छैन सबैले रुगा खोकी हो भन्दै स्थानीय जडीबुटी तितो,कटुको पकाएर खाने र ४,५ दिनमा सन्चो हुने गरेको बताउँछन् । 

जटिल सङ्क्रमितलाई रेफर 
जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुले जिल्लामा उपचार जटिल १ जना कोरोना सङ्क्रमितलाई थप उपचारका लागी जिल्ला बाहिरका अस्पतालहरूमा उपचार गर्न बुधवार रेफर गरेको छ । 

जिल्लाको छायाँनाथ रारा नगरपालिकामा रहेको कणाली माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द्र ढकाललाई कोभिडका कारण स्वास्थ्यमा समस्या बढ्दै गएपछि उनकै परिवारको निजी लगानीमा थप उपचारका लागी बुधवारै कैलाश हेलिकप्टर सर्भिसेसको हेलिकप्टरबाट काठमाडौँ स्थित हेम्स अस्पतालमा पठाइएको हो ।

दुर्गमका अस्पतालमा आइसियु र भेन्टिलेटर नहुँदा जटिल कोरोना सङ्क्रमितहरूको उपचार गर्न समस्या हुँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ