ललितपुर। गोदावरी स्थित पुष्पान्जली माध्यमिक बिद्यालयको पर्खाल भत्किंदा १७ विद्यार्थी घाइते भएको ललितपुर प्रहरी प्रमुख पिताम्बर अधिकारीले जानकारी गराएका छन्।
घाइते हुनेहरुमा अधिकांश ३ कक्षाका बिद्यार्थी रहेका छन्। आठ कक्षाका केही बिद्यार्थी पनि घाईते भएको बताईएको छ।
तत्काल प्रहरीद्वारा उद्दार गरिएका विद्यार्थीहरुको बि एण्ड बी र पाटन अस्पतालमा उपचार भैरहेको अधिकारीले जानकारी दिएका छन्।
बि एण्ड बी अस्पतालमा उपचरार्थ लगिएका ३ कक्षामा अध्य्यन गर्ने दुई विद्यार्थीको मृत्यु भएको भनिए पनि अस्पतालले पुष्टी गर्न बाँकी रहेको छ।