arrow

नारायणीमा पानीको बहाव खतरा सूचकमाथि, मुग्लिन सडक खुल्न सकेन

logo
प्रकाशित २०७३ असार १७ शुक्रबार
narayani-nadi-new.jpg.jpeg
चितवन । भारी वर्षा पछि नारायणी नदीमा पानीको बहाव बढेको छ । जल तथा मौसम विज्ञान विभाग अन्र्तगतको बाढी नियन्त्रण महाशाखाका अनुसार नारायणी नदिको बोर्लाङ्गपुल, चर्छरे, कल्याणपुर र ठोरीमा पानीको बहाव खतराको सूचक भन्दा माथि पुगेको छ । वर्षा अझै भइरको र पानीको बहाव उच्च भएको भन्दै स्थानीय प्रशासनले स्थानीयलाई सतर्क हुन आग्रह गरेको छ । 
 
चितवन प्रहरीले भने पानीको वहाब अहिले घटेको र खतरा नरहेको बताएको छ । प्रहरीका अनुसार पानीको बहाव बढेको भनेका चर्छरे, कल्याणपुर, माडी र ठोरीमा आधा जति पानी कम भएको छ । यद्यपि, बाढी नियन्त्रण महाशाखाले सतर्कताका लागि सम्बन्धित निकायलाई सूचना गरेको छ । 
 
यता, ठाउँ–ठाउँमा पहिरो गएपछि अवरुद्ध भएको नारायण गढ मुग्लिन सडक खण्ड अझै खुल्न सकेको छैन । अधिकांश गाडीहरु मुग्लिनमै रोकिएका छन् । दुवै तर्फका सवारीहरु अलपत्र परेका छन् भने, यात्रुहरुलाई खान, बस्न समेत समस्या भएको छ । पहिरो अझै खसिरहेकाले बाटो तत्काल संचालन हुन नसक्ने प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ