arrow

विवाह पुर्व 'ये हे मोहब्बते' की इशिता आइसियूमा

logo
प्रकाशित २०७३ असार १७ शुक्रबार
divyankass.jpg.jpeg
एजेन्सी । 'ये हे मोहब्बते' की इशिता (दिव्यंका त्रिपाठी ) चाडै विवेक दहियासँग विवाह गर्न गइरहेकी छन् । भारतिय सञ्चार माध्यमका अनुसार विवाह हुनु अघि दिव्यंका त्रिपाठी आईसीयू मा भर्ना हुने भएकी छन् । 
 
 दिव्यंका र विवेक आगामी ८ जुलाईमा विवाह गर्ने छन् । दिव्यंकाले प्रोड्यूसरसँग विवाहको लागि तीन दिन पहिले विदा मागेकी छन् । एक वेबसाइटका अनुसार लेखकले  दिव्यंकाको माग पुरा गर्नको लागि कार्यक्रममा एक सीक्वेन्स जोडने भएका छन् । 
 
कार्यक्रममा इशिता हमलामा  गम्भीर घाइते भएको देखाइन्छ । निर्माताका अनुसार जब सम्म इशिता छुट्टीमा रहनेछिन् तब सम्म उनको क्यारेक्टर आईसीयूमा नै रहनेछ ।
 
सो सीक्वेन्सको सुटिङ भोलि र पर्सी दुई दिनमा हुनेछ । कार्यक्रममा रमन र इशिताको लडाई भिलेनसँग भएको देखाइनेछ । सोही क्रममा इशितालाई गोली लग्नेछ ।
 
 विवेकले पनि आफ्नो टिभी कार्यक्रम 'कवच' बाट तीन दिनको लागि बिदा मागेका छन् । उनि बिजनेस ट्रीपको नाममा शोबाट बाहिरिनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ