arrow

मध्यरातको आगोले शिवसताक्षीका दुई घर जलेर नष्ट

logo
युवराज रेग्मी, 
प्रकाशित २०७८ जेठ १० सोमबार
fire-jhapa.jpg

झापा । झापाको शिवसताक्षी नगरपालिकामा आइतबार राति दुई वटा घर जलेर नष्ट भएका छन् ।  वडा नं २ मंगलबारे बजारका दुई घरमा  आगलागी भएको हो । आगलागीबाट एउटा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । साथै अर्को  घरमा आंशिक क्षति भएको छ ।

आगलागीबाट कुनै  मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। स्थानीयबासी नन्दकला राईको घर र नेत्र चिमरियाको  घरमध्ये एक घर पूर्ण रुपमा क्षति भएको छ साथै अर्को घर आंशिक रुपमा क्षति भएको वडा नं २ का  वडाध्यक्ष कुलबहादुर बस्नेतले जानकारी दिएका छ्न् ।

राईको घरमा टेलरिङ्ग ब्यबसाय र चिमरियाको घरमा होटल ब्यबसाय संचालित थिए  । मध्यरात पछि करिब  १ः३० बजेबाट शुरु भएको आगो बिहान करिब  ३ बजे नियन्त्रणमा आएको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले जानकारी दिएकी छ्न् ि।

इलाका  प्रहरी कार्यालय झिलझिलेबाट खटिएका प्रहरी, स्थानीयवासी, कमल गाउँपालिका, दमक नगरपालिका र गौरादह नगरपालिकाको  दमकलको सहायताले आगो नियन्त्रणमा आएको थियो ।

 आगो विद्युत सर्ट भइ निस्किएको हुन सक्ने आशंका गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ