arrow

साँझदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान सामान्य

logo
प्रकाशित २०७३ असार १७ शुक्रबार
airport.jpg.jpeg
काठमाडौँ । प्रतिकूल मौसमले दिउँसो केही समय प्रभावित बनेको मुलुकको उड्डयन क्षेत्र साँझदेखि पूर्ववत् अवस्थामा नियमित भइरहेको छ । 
 
मौसम खराबीसँगै मुलुकभर भारी वर्षाका कारण मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका अधिकांश विमानस्थलमा विमान आवतजावत गर्न सकेका थिएनन् । दिउँसो केहीबेर अन्तर्राष्ट्रिय उडान ‘होल्ड’ गरिनाका साथै केही विमान अन्यत्र मोडिएको (डाइभर्ट) थियो । 
 
मध्याह्न र दिउँसो केही समस्या रहे पनि अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्य भएको विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले जानकारी दिए । नेपाल एयरलाइन्स, एयर चाइना र एयर अरेबिया अन्यत्र मोडिएको र एयर चाइनाले उडान रद्द गरेको विमानस्थलले जनाएको छ । नेपाल एयरलाइन्स र एयर अरेबिया भारतको लखनउ अवतरण गरिएको थियो भने एयर चाइना ल्हासामा अवतरण गरेको थियो । त्यसैगरी आन्तरिक उडान पनि प्रभावित भएका थिए । पोखरा लगायत गन्तव्यको उडान रद्द भएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ