arrow

लालवन्दी बजारमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १० सोमबार
nsu-sarlahi.JPG

सर्लाही । प्रधानमन्त्री केपी सर्मा ओलीले शुक्रवार प्रतिनिधि सभाको विघटन गरेको विरोधमा नेपाल विद्यार्थी सङ्घ सर्लाहीले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेको छ ।

नेपालीका काँग्रेसको पाटी कार्यालय लालवन्दीबाट नारा जुलुस गर्दै नेविसंघले लालवन्दी बजारमा  प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या देवी भण्डारीको पुत्ला दहन गरेको हो ।

संविधानको बर्खिलाप गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको विघटन गरी मुलुकलाई अस्थिरता तिर धकेलेको भन्दै त्यसको विरोधमा पुत्ला दहन गरेको नेविसंघ सर्लाहीका नेता युवराज देवकोटाले जानकारी दिए । असंवैधानिक कदम मुर्दावाद , भन्दै र्‍याली निकाली बजार परिक्रममा गरेको थियो । 

देश कोरोना सङ्क्रमणमा आक्रान्त भई रहेका बेला देश र जनता प्रति सरकार उत्तरदायी नभएको र उल्टै संवैधानिक कदम चालेकाले यसका विरुद्धमा पुत्ला दहन गरेको आन्दोलनमा सहभागी हुन परेको विद्यार्थी नेता मनोज बकरेलले बताए । कार्यक्रम सान्ती पूर्वक सम्पन्न भएको नेविसंघ सर्लाही क्षेत्र १ का क्षेत्रीय सभापति गोपाल काकीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ