arrow

नेपाल–भारत सम्बन्ध विकासको माध्यमबाट अघि बढ्ने राजदुत रन्जित रेको भनाई

चामभन्ज्याँङ्ग खानेपानी परियोजनाको शिल्यान्यास,

logo
प्रकाशित २०७३ असार १७ शुक्रबार
rayrajdut.jpg.jpeg
धादिङ्ग। नेपालका लागि भारतीय राजदुत रन्जित रेले नेपाल–भारत सम्बन्ध कसैले चाहेर पनि विगार्न नसक्ने स्पष्ट पारेका छन् । शुक्रबार धादिङ्गमा चामभन्ज्याँङ्ग खानेपानी परियोजनाको शिल्यान्यास गर्दै राजदुत रेले भने,'नेपाल–भारत सम्बन्ध अब विकासको माध्यमबाट अघि बढ्छ, यो प्रगाढ सम्बन्धलाई कसैले चाहेरपनि विर्गान सक्दैन् ।' भारत सरकारको सहयोगमा निमार्ण हुने उक्त खानेपानी परियोजनाको लागत १ करोड ७८ लाख हुनेछ । उक्त परियोजनाबाट १ सय ५९ घरधुरीले प्रत्यक्ष लाभ लिनेछन् ।
 
शिल्यान्यास समारोहका सभापति स्थानीय विकास अधिकारी भगवान अर्यालको सभापतित्वमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत रेले नेपाल–भारत सम्बन्ध सामाजिक, साँस्कृति, धार्मिक सबै हिसावले ऐतिहासिक भएको टिप्पणी गरे । उनले भारत नेपालको तिव्र विकास होस भन्ने पक्षमा रहेको बताए । 'राजनीतिक स्थायित्वसँगै नेपालको तिव्र विकास होस्, हामी यही हेर्न चाहान्छौं', उनले भने ।
 
राजदुत रेले नेपालमा महाविनाशकारी भुकम्प आउँदापनि भारतले आफ्नै देशमा भुकम्प आएको महशुस गर्दै सहयोग गरेको स्मरण गर्दै दोस्तीमा कहिलेकाहीँ सम्बन्ध चिसिएपनि त्यसले झनै मित्रतालाई प्रगाढ बनाउने काम गर्ने दाबी गरे । उनले भारत सरकार नेपालको तिव्र विकासको लागि भौतिक पूर्वाधार, उर्जा, शिक्षा, स्वास्थ्य लगायत खानेपानीमा विशेष सहयोग गर्न तयार रहेको समेत प्रतिबद्धता व्यक्त गरे ।
 
उनले संविधान जारी भएपछि नेपाल अब आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गर्दै सबै राजनीतिक दलहरु विकासको एजेण्डालाई लिएर अब एक ढिक्का हुनुपर्ने समेत सुझाव दिए । स्थानीयवासिन्दाहरुले राजदुत रेलाई गोलाभन्ज्याँग, सिम्लेदेखि टोड्केभन्ज्याँगसम्मको बाटो पिच गर्न र ज्यामरुङ्गस्थित् भूकम्पले क्षतिग्रस्त शंकादेवी उमाविको पूर्ननिर्माणको लागि भारत सरकारले सहयोग गरिदिनुपर्ने मागसहितको ज्ञापनपत्र समेत बुझाएका थिए ।
 
कार्यक्रममा पूर्वमन्त्री एवम् सभासद तथा नेकपा एमालेका प्रभावशाली नेता राजेन्द्र प्रसाद पाण्डेले खानेपानी परियोजनामा भारतले सहयोग गरेकोमा खुशी व्यक्त गरे । उनले भारतले नेपालको हरेक क्षेत्रको विकासमा निरन्तर सहयोग गरिरहेको भन्दै आगामी दिनमा समेत सहयोगलाई अझै बढोत्तरीका साथ अघि बढाउन आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ