arrow

लुम्बिनी प्रदेश : मुख्यमन्त्री पोखरेल नियुक्तिको कागज पत्र माग 

logo
नारायण वली,
प्रकाशित २०७८ जेठ १० सोमबार
lumbini-hastakchayar.JPG

रुपन्देही । लुम्बिनी प्रदेश सभामा सरकार बाहिर रहेको विपक्षी गठबन्धनका सांसदहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलको नियुक्त देखि त्यसमा सांसदहरूले गरेको हस्ताक्षर समेतको कागज पत्र चाहिएको प्रदेश प्रमुखको कार्यालय बुटवल समक्ष माग गरेका छन् । 

मुख्यमन्त्री पोखरेलले विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका प्रदेश सभा सदस्यहरूको समेत हस्ताक्षर सहितको ब्यहोरा माग गरिएको नेपाली काँग्रेस संसदीय दलकी सचेतक निर्मला क्षेत्रीले बताएकी छिन् ।

उनले भनिन्, प्रदेश प्रमुखको कार्यालयमा नेपालको संविधानको धारा र सूचनाको हक सम्बन्धी २०६४ दफा ३ बमोजिम उक्त कागज पत्र माग गरिएको स्पष्ट पारिन् । 

सो पत्र पेस गर्न, प्रदेश प्रमुख धर्मनाथ यादवको कार्यालयमा पुगेका नेपाली काँग्रेस संसदीय दलकी सचेतक निर्मला क्षेत्री, माओवादीकी सचेतक पार्वती पुन, जनता समाजवादी पार्टी (जसपा)की सचेतक पुर्मती ढेगा र राष्ट्रिय जनमोर्चाकी सांसद तारा जिसी लगायत पुगेका थिए ।

प्रदेश प्रमुखलाई बुझाइएको पत्रमा विशेषतः के छ ? भन्ने सवालमा नेपाली काँग्रेस संसदीय दलकी सचेतक क्षेत्रीले भनिन्, प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुखले डाक्नु भएको प्रदेश सभा विशेष अधिवेशन सम्बन्धी पत्र र प्रदेश सरकार मुख्यमन्त्री पोखरेले दिएको राजीनामा लगायत अन्य कागज पत्रको माग जनाइन् । 

यस्तै, माओवादी केन्द्रका नेता एवं लुम्बिनी प्रदेशका पूर्व कानुन मन्त्री कुल प्रसाद केसीलाई मुख्यमन्त्री नियुक्ति गर्ने प्रस्ताव सहितको हस्ताक्षर निवेदन, अन्य कागजपत्र माग गरिएको सचेतक क्षेत्रीको भनाई रहेको छ ।

अधिवेशन अन्तर्गत साथै, मुख्यमन्त्री पोखरेलले एमाले संसदीय दलको नेताको रूपमा गत वैशाख १९ गते प्रदेश सभा सदस्यहरूको हस्ताक्षर सहितको निवेदन सँगै पुन नियुक्त कागज पत्र समेत माग गरिएको उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ