arrow

युवानेता भण्डारीले क्वारेनटाइन बनाए, सञ्चालनका लागि कांग्रेसलाई गरे हस्तान्तरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १० सोमबार
sudurpashchim-corona-1619919718.jpg

कैलाली । सेती प्रादेशिक र ठूला नीजि अस्पताल नजिकै नेपाली कांग्रेसले सुदूरपश्चिमकै पहिलो ड्राई क्वारेनटाइनको सुरुवात गरेको छ। कांग्रेस यूवा नेता क्षितिज भण्डारीले निर्माण गरी नेपाली कांग्रेस कैलालीलाई हस्तान्तरण गरेको कार्यक्रममा उपमहानगरपालिकाका मेयर नृप बहादुर ओडले युवानेता भण्डारीले हरिप्रीया प्रकाश फाउन्डेसन मार्फत कोरोनाको १३ महिनादेखि लाखौंको सहयोग गरेकोमा प्रशंसा गरे।

क्वारेनटाइनको जिम्मेवारी आजबाट नेपाली कांग्रेसले लिएको बताउँदै ओडले पक्षपात नगरेर हरेक नागरिकलाई एम्बुलेन्स, औषधि र अस्पतालमा निःशुल्क उपचारदेखि सिमामा फेरि खाना खुवाउन शुरु गरेको बताए ।

नेका क्षेत्र न:५ क्षेत्रीय सभापति हरिष खड्काले यूवा नेता भण्डारीले आमा स्वर्गीय हरिप्रीया भण्डारीको स्मृतिमा बाढी पहिरोमा पनि लाखौंको टेन्ट नेपाली कांग्रेस जिल्ला समिति मार्फत रेडक्रसलाई दिईएको सम्झना गर्दै कोरोनाकालको पछिल्लो हरेक कार्यक्रममा मास्क, सेनेटाईजर, पिपिई र खाद्यान्न बाँडेर पार्टीको प्रतिष्ठा बढाएकोमा आभार व्यक्त गरे । 

जिल्ला सदस्य नृपबहादुर सुनारले पार्टी सभापति नारायण शाह र जिकासको तर्फबाट शुभकामना दिँदै अब उपरान्त यो क्वारेनटाइन पार्टीको सम्पत्ति भएको बताउँदै साँचो कार्यक्रमका सभापति वार्ड अध्यक्ष टेकराज ओझा मार्फत बुझेका थिए ।

धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डा. कृष्ण बहादुर बोहराले क्वारेनटाइनले सङ्क्रमण फैलिन नदिन ठुलो सहयोग पुग्ने बताए।

कार्यक्रमबाट नेपाल तरुण दल क्षेत्रीय सभापति केशव जोशी, त्रिविवि कावा सभापति गणेश भण्डारी, युएनडीका अध्यक्ष योगेश भण्डारी देवराज ओझा, हेमप्रकाश कलेल र नेपाल रेडक्रस सोसाइटीबाट महेश पाण्डेयलाई स्वयंसेवक कमान्डर तोकिएको तरुण नेता अमृत बिसीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ