काठमाडौं । बझाङमा आज बिहान दुई वटा भूकम्प गएको छ । बिहान ६ बजेर ८ मिनेटमा सेती विशाल झरना नजिकै केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक कपिल महर्जनले जानकारी दिए ।
यस्तै, ६ बजेर ३२ मिनेटमा ३ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको महर्जनले बताए । बझाङमै गएको वुधबार र विहिबार गरेर २१ पटक भूकम्पको धक्का महसुस भएको थियो । बुधबार सेती विशाल झरना नजिकै केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रको विभागले बझाङ भूकम्पको उच्च जोखिममा रहेको र भूकम्प गइरहने ठाउँ भएकाले यी भूकम्पलाई पराकम्पन भन्न नमिल्ने बताएको छ । केन्द्रका प्राविधिकले विगतमा पनि ठुल्ठूला भूकम्प गएको जानकारी गराएका छन् ।