एजेन्सी । सार्वजनीक शौचालय प्रयोग गरे चलचित्रको टिकट सित्तैमा पाइने भएको छ । भारत सरकारले १२० करोड भारतिय रुपैँयाको लागनीमा बनेको चलचित्र 'कबाली' को लागि ५५,००० मानिसको ट्वाइलेट बनाउने भएको छ । नयाँ दिल्लिका एक कलेक्टरले मानिसहरुलाई सार्वजनिक सेवाको प्रयोग गर्नको लागि प्रोत्साहित स्वरुप यो अनौठो तरीका अपनाएका हुन् ।
पुड्डुचेरीका राज्यपाल किरन बेदीले ट्वीटमा लेखेका छन्, 'कलेक्टरले सार्वजनिक शौचालय प्रयोग गर्ने मानिसहरुको लागि रजनीकान्तको आउदो चलचित्र 'कबाली'को टिकिट सित्तैमा बाड्ने भएका छन् । त्यसको लागि सरकारको तर्फबाट दिइने सार्वजनिक सेवाको प्रयोग गरेको हुनुपर्नेछ ।'