arrow

यसबर्ष दैबिक प्रकोप उद्धार समिति पूर्ब तयारीमा

logo
सुरेश श्रेष्ठ,
प्रकाशित २०७३ असार १८ शनिबार
daibik-prakop.jpg.jpeg
दाङ। बाढीबाट ठुलो क्षति हुन नदिन दैविक प्रकोप उद्धार समितिले यस बर्ष दाङमा पूर्वतयारी गरेको जनाएको छ । जिल्ला दैबिक प्रकास उद्धार समितिका संयोजक एबम प्रमुख जिल्ला अधिकारी दीपक काफ्लले मनसुन पूर्वतयारी समेत गरिएको जानकारी दिए । उनले उद्धार सामाग्री समेत बितरण गरिएको बताए ।
 
 जिल्ला तहमा गठन हुने जिल्ला दैविक प्रकोप उद्धार समितिको संयोजकमा प्रमुख जिल्ला अधिकारी र सदस्य –सचिबमा स्थानिय बिकास अधिकारी रहने ब्यबस्था गरिएको छ । बिगतमा बाढीले पुर्‍याएको क्षतिलाई मध्यनजर गर्दै स्थानिय स्तरमा नै उद्धार टोली गठन गरिएको बिपत ब्यबस्थापनमा क्रियासील नेपाल रेडक्रस सोसाईट दाङ शाखाका फिल्ड कार्यक्रम अधिकृत संन्तोष ढकालले जानकारी दिए  ।
 
 स्थानिय विपत ब्यबस्थापन योजना २०६८ अनुसार जिल्लामा दुई तहमा स्थानिय बिपत ब्यबस्थापन समिति गठन गरिएको छ । वडामा वडा नागरिक मञ्चको संयोजकत्वमा ९ देखि १३ सदस्यीय सम्म र गाबिस स्तरमा गाबिस सचिबको संयोजकत्वमा १९ सदस्यीय स्थानिय बिपत ब्यबस्थापन समिति गठन गरिएको ढकालले बताए  । बिपत ब्यबस्थापनका लागि रेडक्रसले गोल्टाकुरी र पवननगर तथा अपाङ मानव अधिकार संरक्षण मञ्चले तुलसीपुर नगरपालीकाका वडा नम्वर १८,१९ र २० मा समिति गठन गरेको छ ।
 
 यस्तै बाढीको अत्यन्त संबेदनशील देउखुरीका लालमटीया,सिसहनीया, सोनपुर, राजपुर र गंगापरस्पुरमा केयर नेपाल र ह्याण्डी क्यापको सहयोगमा बिपत ब्यबस्थापनको पूर्बतयारीका काम भई रहेका छन् । २०७० साउन २९ र ३० गते आएको बाढीका कारण १२ जनाको ज्यान गएको थियो । जसमा डुरुवामा ३,गोल्टाकुरीमा १,उरहरीमा २ ,धनौरीमा ३,पुरन्धारमा ३ र बेपत्ता सहित पञ्चकुलेमा ३ जनाको मृत्युभएको थियो । बाढीबाट बिस्थापीत, पूर्ण ५ सय २१ र आशिक ४ सय ८७ गरि १ हजार ८ घरपरिवार पीडित भएका थिए । जिल्लामा १५ गाबिस २०७० को बाढीबाट प्रभाबित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ