arrow

सुदूरपश्चिम एमालेमा किचलो : भट्टले मन्त्रिमण्डल पुनर्गठन गर्दै, मन्त्रीले दिए स्पष्टीकरण

एमाले संसदीय दलको प्रमुख सचेतकमा खड्का नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
sudurpashcim-pradesh-shabha.jpg

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभा, नेपाल कम्युनिष्ट पार्टी(एमाले) संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रमुख सचेतकमा लालबहादुर खड्कालाई नियुक्त गरेका छन् ।  

पार्टीमा उत्पन्न आन्तरिक किचलोका बीच संसदीय दलका नेता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शाहले संसदीय दलको विधान, २०७७ बमोजिम शुक्रवार प्रमुख सचेतक र सचेतक नियुक्त गरेका हुन् । संसदीय दलको सचेतकमा दुर्गाकुमारी कामीलाई नियुक्त गरिएको छ ।

यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा तारा लामा तामाङ थिए । साबिकमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) हुँदा उक्त दलको सचेतकमा तत्कालीन नेकपा माओवादी केन्द्रका अक्कलबहादुर रावल थिए । 

प्रमुख सचेतकको जिम्मेवारीबाट बाहिरिएका तामाङ मन्त्री बन्न लाथेको एमाले संसदीय दलको स्रोतले बताएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रवार भोलि नै मन्त्रिमण्डल पुनर्गठन गर्न लागेको बताइएको छ ।

नेकपा एमालेको केही दिनअघि बसेको स्थायी समिति बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको थियो । स्थायी कमिटीको निर्देशन विपरीत सुदूरपश्चिम प्रदेश, एमाले संसदीय दलको बैठकले अहिले कोरोना महामारीको विषम परिस्थिति रहेको र छिट्टै बजेट नीति कार्यक्रम ल्याउनु पर्ने भएको अवस्थामा हाललाई गठबन्धनको सरकारलाईनै यथावत् राखेर समर्थन फिर्ता नलिने निर्णय गरेको थियो । सो पार्टीको संसदीय दलमा नेता माधवकुमार नेपाल पक्षको बहुमत रहेको छ ।
 
मन्त्रीद्वारा स्पष्टीकरण
प्रदेश सरकारका सामाजिक विकासमन्त्री एवं नेकपा एमालेका स्थानीय नेता कृष्णराज सुवेदीले पार्टीको प्रदेश कमिटीबाट सोधिएको स्पष्टीकरणको जवाफ दिएका छन् ।
 
 जवाफमा मन्त्री सुवेदीले विसं २०७७ फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट पुनरजीवित नेकपा एमालेको तत्कालीन पदीय हैसियतभन्दा भिन्न सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष र सचिवका रूपमा हस्ताक्षरित पत्र आफूलाई प्राप्त भएकामा अन्योल सिर्जना भएको बताएका छन्। उनले स्पष्टीकरण तथ्यहीन कुरामा आधारित रहेको जिकिर गरेका छन् । 
 
 प्रदेश सभामा नेकपा एमालेका सभामुखसहित २५, नेकपा माओवादी केन्द्रका उपसभामुखसहित १३, नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई जना सदस्यको प्रतिनिधित्व रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ