पाँचथर। पाँचथरको सदरमुकाम फिदिममा वसेर लामाको भेषमा लाखौँ ठगी गर्ने व्यक्ति कारागार चलान भएका छन् । पाँचथर जिल्ला अदालतले भारतको कालिङपोङ निवासी तेञ्जी छिरिङ भुटियालाई शुक्रवार कारागार चलान आदेश दिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
भुटियाले गत जेठ ४ देखि १७ गते सम्म फिदिमको सगुन होटलमा बसी आफुलाई औतारी लामा भएको दाबी गर्दै पाँचथरका दर्जनौँ स्थानीयवाट करिव १८ लाख मूल्य बराबरको सुन चाँदीका गहना र नगद ठगेर फरार भएका थिए । उनलाई पाँचथर प्रहरीले तनहुँको बन्दीपुरबाट जेठ २१ गते पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पाँचथरमा ल्याई ठगी मुद्दा चलाएको थियो ।
पक्राउ परेका भुटियाले लामाको भेष धारी सदरमुकाममा ठगी गरेका थिए । भुटियालाई शुक्रवार जिल्ला न्यायाधिस राजेन्द्रकमार श्रेष्ठको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।