arrow

ओली सरकार निर्विकल्प होईनः लेखक

logo
प्रकाशित २०७३ असार १८ शनिबार
ramesh-lekhak.gif.gif
काठमाडौ। नेपाली काँग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार निर्विकल्प नभएको दावी गर्दै नेपाली काँग्रेसले सरकार बनाएको खण्डमा संविधान कार्यान्वयन गर्ने गरी सबै राजनीतिक दलहरुलाई मिलाएर लैजाने स्पष्ट पारे। 
 
रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले बर्तमान सरकार राष्ट्रिय एजेण्डा कार्यन्वयन गर्ने सवालमा असफल भएको अवस्थामा वेटिङ सरकारको रुपमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस रहेको स्पष्ट पार्दै सरकार असफल भए काँग्रेसले नयाँ सरकार निर्माण गर्ने बताए। 
 
साक्षात्कारमा लेखकले काँग्रेस अहिले प्रभावकारी प्रतिपक्षको रुपमा भूमिका निर्वाह गर्ने पक्षमा रहेको भन्दै मुलुकको एजेण्डा संविधानलाई सर्वस्विकार्य बनाउने, संविधानको कार्यान्वयन र आर्थिक समृतिकोलागि काँग्रेस सधै तयार रहेको बताए। 
 
सरकार परिवर्तनको हल्ला बाहिर मात्रै होः मन्त्री पाण्डे
उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सरकार परिवर्तनको विषयमा बाहिर हल्ला चले जसरी भित्र कुनै कुरा नभएको बताएका छन्। साक्षात्कारमा उनले भने,‘सरकार परिवर्तनको विषयमा बाहिर जस्तो सत्तारुढ गठबन्धनमा कुनै चर्चा छैन। त्यस्तो हुने भएको भए पहिला सत्तारुढ गठबन्धनमै छलफल हुने थियो। त्यसैले यही सरकारले चुनाव गराउँछ, ढुक्क हुनुस।’
 
मन्त्री पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकको इतिहासमै ऐतिहासिक काम गरेको दावी गर्दै भने,‘यस्तो उत्कृष्ट बजेट नेपालको इतिहासमै कहिल्यै आएको थिएन। पुर्ननिर्माणको सबैखाले कामलाई अगाडि बढाएको छ, मुलुकको स्वाभिमान जोगाउने काम गरेको छ, पारवहन सुविधाको थप खोजी गरेको छ।’
 
उनले प्रधानमन्त्री निर्वाचनमा मधेसी मोर्चाले मतदान गरेपछि यो संविधान सबैले स्विकारीसकेको स्पष्ट भएको भन्दै मोर्चाले थप केही माग गरेकोले मुलुकको हितमा हुने मागलाई सरकारले बार्ताबाट संबोधन गर्ने स्पष्ट पारे। 
 
मन्त्री पाण्डेले भने,‘मधेसी मोर्चा र संघीय गठबन्धनविच नै अन्यौल छ। कोसँग बार्ता गर्ने नगर्ने भन्नेमा। सरकार बार्ताबाट समाधान गर्न तयार छ तर मधेसलाई पहाडसँग जोड्नै हुन्न भन्ने विषयमा हामी सहमत छैनौ।’
 
मन्त्री पाण्डेले सरकार मुलुकमा राजनीतिक क्रान्ति सकिएको आर्थिक समृद्धीको एजेण्डामा अघि बढेको भन्दै मुलुकको आर्थिक समृद्धिकोलागि औद्योगिकरण आवश्यक रहेकोले प्रत्येक प्रदेशमा एक हजार विगाह क्षेत्रफलमा औद्योगिक क्षेत्र निर्माण कार्य गरिएको दावी गरे । 
 
सरकारको काम सन्तोषजनक छैनः राणा
राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शमसेर राणाले राष्ट्रिय एजेण्डालाई अगाडि बढाउने सवालमा सरकारको काम सन्तोषजनक नरहेको भन्दै मुलुकको समस्या समाधानकोलागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको दावी गरे। 
 
उनले भने,‘सबै राजनीतिक दलहरुलाई सर्वस्विकार्य हुने गरी संसोधनको मार्फत अघि सरकार समस्या समाधानमा अघि बढ्नु पर्छ। पश्चिम मधेसबाट पहाडी क्षेत्र हटाए सीमांकनमा कुरा मिल्छ। सरकारले आफूलाई समस्या समाधानमा तिब्र रुपमा अघि बढाउनु पर्छ। स्थानीय निकायको पुर्नसंरचना, निर्वाचनको लागि ऐन निर्माणमा सरकार केन्द्रीत हुनुपर्छ।’
 
राणाले मुलुकका आर्थिक समृद्धिकोलागि सरकारले आफ्नो संरचनाको खर्च गर्ने क्षमता बढाउनु पर्ने आवश्यकता औल्याउँदै भुकम्प पछिको पुर्ननिर्माणमा यस्तै तालले काम गर्ने हो भने अब आउँदो जाडो पनि उनीहरुले पालमै विताउनु पर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ