arrow

टुचेलले राखे रेकर्ड 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १६ आइतबार
thomas-tuchel.JPG

काठमाडौं । इङ्गलिश क्लब चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचेलले रेकर्ड राखेका छन् । चेल्सीलाई च्याम्पियन्स लिग फुटबलको उपाधि दिलाएपछि टुचेलले रेकर्ड राखेका हुन् । 

जर्मन प्रशिक्षक टुचेलको यो च्याम्पियन्स लिगको पहिलो उपाधि हो । तर टुचेल दुई फरक क्लबबाट लगातार दुई सिजन च्याम्पियन्स लिगको फाइनलमा पुग्ने पहिलो प्रशिक्षक भएका छन् । 

गत सिजन टुचेलले फ्रेन्च क्लब पीएसजीलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याएका थिए । पीएसजी फाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएको थियो ।

टुचेलले क्लब आएकै सिजन चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन सफल भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ