arrow

एमालेले धोका दिएको माओवादी केन्द्रको ठहर, सरकार फेर्ने बारेमा छलफल शुरु

logo
प्रकाशित २०७३ असार १८ शनिबार
ucpn-maoist-office.jpg.jpeg
काठमाडौं। सत्ता साझेदार दल एमालेले सहमति कार्यान्वयन नगरेर धोका दिएको भन्दै माओवादी केन्द्रले सरकार परिवर्तन गर्ने विषयमा छलफल चलाएको छ। शनिबार बसेको माओवादी केन्द्रको बैठकले सत्ता साझेदार एमालेले धोका दिएको भन्दै सरकार फेर्ने विषयमा छलफल केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन। एमालेसँग भएका सम्झौता कार्यान्वय हुन नसकेको अवस्थामा हामीले सरकार परिवर्तन गर्ने विषयमा बहस चलाएको उनले बताइन। 
 
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र एमाओवादीबीच भएको नौ बुँदे सम्झौता कार्यान्वयन नगरेकाले सरकार परिवर्तनका विषयमा समेत छलफल गरेको छ। बैठकले राष्ट्रिय सहमतिको सरकार गठनको जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ। बजेट पारित भएपछि सरकारको नेतृत्व माओवादीले गर्ने सहमति एमालेसँग भएको तर एमालेले सहमति कार्यान्वयन नगरेको माओवादीको निष्कर्ष छ। 
 
त्यस्तै, असार २१ र २२ गते सरकार परिवर्तनको एजेण्डामा माओवादी केन्द्रको पोलिटब्यूरो बैठक बस्ने भएको छ। शनिबारको बैठकले केन्द्रको संगठनात्मक ढाँचाको अनुमोदन पोलिटब्यूरो बैठकबाटै गर्ने निर्णय गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ