arrow

सङ्क्रमितको घरघरमा मेयर ढकाल

logo
विवेक मिश्र,
प्रकाशित २०७८ जेठ १६ आइतबार
sunder-morong-mayor.jpg

मोरङ। मोरङको दोस्रो ठुलो सहरको रूपमा विकास हुँदै गरेको सुन्दरहरैचा नगरपालिका क्षेत्र स्थित कोभिड१९ सङ्क्रमणको दोस्रो भेरिएन्टमा ७४० जना सङ्क्रमित रहेका छन्। जसमध्ये ५ महिला र १२ पुरुष गरी १७ जनाले ज्यान गुमाइसकेका छन् भने ६८ जना निको भइसकेका छन्। अझै सक्रिय सङ्क्रमितको रूपमा रहेका ६५५ जना होम आइसोलेसनमा रहेका छन्। यो महामारीको बीच सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकाल सङ्क्रमितको घरघरमा पुगेर नगरवासीको अवस्था बुझ्न व्यस्त छन्।

कोभिड१९ को महामारी  गाउँघरसम्मै छ्यापछ्याप्ती पुगेपछि जनप्रतिनिधिहरू आवश्यक औषधी र स्वास्थ्यकर्मी सहितको टोली लिएर सङ्क्रमितको घरघरमा पुगेका हुन्। नगर क्षेत्रमा कोरोना भाइरस फैलिँदै गएकाले नगरप्रमुख शिव प्रसाद ढकाल सहित स्थानीय जनप्रतिनिधिहरू सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्नुका साथै आवश्यक सल्लाह र औषधी दिनका लागि घरघरमै पुग्ने गरेका छन्।

कोरोना सङ्क्रमित बिरामीका लागि रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने औषधी सङ्क्रमित बिरामीको घरमै पुगेर वितरण गरिएको नगरपालिकाले जनाएको छ।

नगरप्रमुख ढकालले गाउँ गाउँमा सङ्क्रमण बढ्दो अवस्थामा रहेकाले सङ्क्रमितको घरमै पुगेर आवश्यक परामर्शसहित औषधिसमेत वितरण गरिएको बताए। गाउँमा रोगका लक्षण देखिए पनि उपचारमा चासो नदेखाउनुका साथै त्रसित बनेर बस्ने अवस्था आएकाले नगरपालिकाको एक टोली नै बनाएर गाउँ गाउँमा पुगेको उनले बताए।

नगरप्रमुख ढकालले भने, “गाउँघरमा कोरोना सङ्क्रमणसँग मिल्ने लक्षण देखिए पनि जनचेतना अभावमा सतर्कता नअपनाएको र छिमेकमा समेत त्रास फैलिने अवस्था आएकाले सङ्क्रमितको घरघरमा पुगेर आवश्यक परामर्श दिँदै आएका छौँ।” ढकालले भने, “हामी अहिले नगरवासीलाई कोरोनाको सङ्क्रमण हुनबाट कसरी सुरक्षित गर्न सकिन्छ भनेर लागि रहका छौँ। कोरोना सङ्क्रमणबाट त्रसित बनेका सङ्क्रमित आफ्नै घर आँगनमा औषधीसहित स्वास्थ्यकर्मी टोली लिएर जनप्रतिनिधि आइपुग्दा खुसी लागेको बताउँछन्।

स्थानीय तहका प्रमुख लगायत टोलीले सङ्क्रमितको घरमै पुगेर भेटघाटका साथै आवश्यक सरसल्लाह एवं सुझाव दिँदा सङ्क्रमितले राहत महसुस गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ