arrow

भारतमा कोरोनाका सक्रिय संक्रमित मात्र १७ लाख, २१ करोड ६० लाखलाई खोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १९ बुधबार
india-covid-recovery.jpg
तस्वीर–आइसल्याण्डबाट बुधबार बिहानै आइपुगेको १५ भेन्टिलेटर र १२ हजार ट्याबलेट फाभिपिराभिर, एएनआई ।

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितहरु तीव्र रुपमा घटिरहेका छन् । मंगलबार २ लाख ३१ हजार २७७ जनालाई निको भएको छ । सोमबार २ लाख ५४ हजार ८७९ जनालाई निको भएको थियो ।

आइतबार २ लाख ३७ हजार ५६८ जनालाई निको भएको थियो । १७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको थियो । 

अहिलेसम्म भारतमा २ करोड ६१ लाख ७० हजार ९९२ जना संक्रमित कोरोनामुक्त भएका छन् । भारतमा संक्रमित पनि तीव्र गतिमा घटेका छन् । मंगलबार १ लाख ३३ हजार ४८ जना संक्रमित थपिएका छन् । 

भारतमा मे पहिलो साताको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । 
भारतमा अहिलेसम्म २ करोड ८३ लाख ६ हजार ८८३  जना संक्रमित पुगेका छन् । मंगलबार ३ हजार २०४ जनाको ज्यान गएको छ । सोमबार २ हजार ७८१ जनाको ज्यान गएको थियो । 

आइतबार ३ हजार १२९ जनाको ज्यान गएको थियो । १७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार ५३० जनाको ज्यान गएको थियो ।  योसँगै भारतमा अहिलेसम्म ३ लाख ३५ हजार ११४ जनाको ज्यान गइसकेको छ । 

सक्रिय संक्रमित घटेर १७ लाखमा झरेका छन् । हाल १७ लाख ८९ हजार ४७० मा पुगेका छन् ।  कोरोनाबाट बच्ने एकमात्र उपायका रुपमा आएको खोप लगाउने क्रम भने भारतमा तीव् रुपमा चलिरहेको छ । 

अहिलेसम्म भारतमा २१ करोड ६० लाख ४६ हजार ६३८ जनाले कोरोनाको खोप लगाइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ