arrow

एमालेसँगको सम्वन्ध तोड्नुपर्ने माओवादी केन्द्रका १० कारण

logo
प्रकाशित २०७३ असार १९ आइतबार
oli-prachanda.gif.gif
काठमाडौं। एमालेसँगको आफ्नो ९ महिने सहकार्यलाई तोड्ने छलफल नेकपा माओवादी केन्द्रले चलाएको छ। केन्द्रीय कार्यलयको वैठक पछि पोलिटव्यूरोमा पनि माओवादीले छलफल चलाउने भएको छ। राष्ट्रिय सहमतिको सरकारको लागि अहिलेको सत्तारुढ गठवन्धनलाई तोड्ने पक्षमा रहेको भनिएपनि माओवादी एमालेबाट पाएकव धोकाका कारण वर्तमान समिकरणको विपक्षमा जानेगरि उभिने तयारीमा रहेको छ। माओवादीका विभिन्न तहका नेताहरुसँग हाम्राकुराले गरेको कुराकानीका आधारमा वर्तमान समिकरणको विकल्प खोज्नुका कारणहरु यस प्रकार छन्ः 
 
सत्तारुढ गठवन्धनको नेतृत्व गरेको एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको ९ बुँदे सहमति र सरकार परिवर्तनका विषयमा भएको दावी गरिएको भद्र सहमति कार्यान्यवन गर्न एमाले उदासिन हुँदा माओवादी सशंकित भएको छ। असार १५ पछि सरकार छोड्ने सहमति कार्यान्वयनमा एमालेले चासो नदेखाए पछि माओवादी नयाँ समिकरणको पक्षमा छलफलमा जुटेको हो। 
 
एउटा दलको लागि विभिन्न मित्र राष्ट्रहरुको सम्वन्ध महत्वपूर्ण हुन्छ। भारतसँगको सम्वन्ध पनि माओवादीका लागि महत्वपूर्ण हुने नै भयो। तर एमालेका कारण भारतसँग आफ्नो सम्वन्ध बिग्रिएको तर विगार्ने दोष आफूले खेप्नुपरेको प्रचण्डको बुझाईका कारण एमालेसँग उसले सहकार्य छोड्ने अवस्थामा पुगेको छ। 
 
चीनसँग नजिक भएको दावी गर्ने माओवादी भारतले लगाएको अघोषित नाकावन्दीपछि एकाएक प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले चीनसँग नजिक भएर भारतलाई साइजमा ल्याउन चीनियाँ कार्ड खेलेका थिए। भारतसँग सम्वन्ध चिसिदा चीनमा पनि आफ्नो भुमिका खुम्चिएको प्रचण्डले महशुस गरेपछि प्रचण्ड एमालेसँगको सहकार्य फाइदाजनक नभएको निष्कर्षमा पुगेका थिए।
 
माओवादी केन्द्रका विभिन्न तहका नेताहरुबाट हेर्डक्वाटर्लाई प्राप्त प्रतिवेदनमा संविधान कार्यान्वयनको लागि हुने तीन चरणको चुनावमा एमालेसँग सहकार्य गर्न नहुने सुझाव दिइएको छ। कार्यगत एकता गर्ने हकमा सहकार्य गर्न उपयुक्त हुने भएपनि चुनावमा एक्ला एक्लै जाने अवस्थामा एकै कम्युनिष्ट मतको जनाधार भएको एमालेसँग सहकार्य गर्दा निकै घाटा हुने सुझाव आएपछि लामो सहकार्य फाइदा नहुने माओवादीको निष्कर्षपछि समिकरण टिक्ने अवस्था नरहने देखियो।
 
बजेटमा माओवादी केन्द्रको भावना र मुद्धाहरुलाई एमालेका अर्थमन्त्री बिष्णु पौडेलले सुनियोजित रुपमा वाइपास गरेर माओवादी केन्द्रलाई अप्ठ्यारोमा पारेको उनीहरुको बुझाइ छ। माओवादी लडाकु, घाइते र टुहुरा तथा शहिद परिवारका लागि बजेटले नसमेटिएको असन्तुष्टी तलसम्म पुगेको छ। एमालेले आफ्नो फाइदाका लागि मात्र बजेट बनाएको बुझाइमा रहेका माओ‌वादी नेता र सांसदहरु एमाले नेतृत्वले ल्याएको बजेटलाई पारित गर्न दिएर चुनावसम्म सँगै जाँदा आफूहरुको राजनीतिक उचाई अझै खुम्चने निष्कर्षमा पुगेका छन्।  
 
द्धन्दका बेलाका घटनामा अधिकांशमा माओवादी नेतृत्व र केहि घटनामा काँग्रेस नेतृत्वलाई निसाना बनाएर आफ्ना एनजिओ मार्फत एमालेले अभियान छेड्न थालेकोमा माओवादी शसंकित छ। प्रचण्डको अष्ट्रेलिया भ्रमण रद्ध गर्नुपर्दा प्रचण्ड भित्रि रुपमा एमालेसँग रिसाएका छन्। 
 
यूरोपका विभिन्न देशमा प्रचण्ड लगायतका नेताहरु बिरुद्ध कार्यकर्ता मार्फत मुद्धा हाल्न लगाएर राजनीतिक रुपमा आफूहरुलाई एमालेले तह लगाउन खोजेको बुझाई माओवादीका नेताहरुमा छ।
 
एमालेको प्रचार संयन्त्र आफूहरु बिरुद्ध परिचालित भएको माओवादी केन्द्रको विश्लेषण छ। जसका कारण पार्टी नेतृत्वका बिरुद्ध अनर्गल प्रचारहरु हुन थालेको माओवादी नेताहरुको मत छ। यस्तो अवस्थामा सधै कसरी साथमा रहनु माओवादी नेताहरुको प्रश्न छ।
 
राष्ट्रिय एकता कायम गर्न केपी ओली नेतृत्व असफल भएको माओवादीको ठहर छ। लामो समयदेखि आन्दोलनमा रहेका मधेशी र जनजातीहरुका मागहरुलाई राजनीतिक रुपमा हल गर्न एमाले वाधक रहेको ठम्याई माओवादीको छ। उनीहरुका मागलाई सम्वोधन गर्न प्रयास नगरि किनारामा पुर्‍याउन खोजेको माओवादीको मत छ। जनयुद्धका बेला जसलाई अघी सारेर आन्दोलन सफल पारियो आज उनीहरुका मुद्धा अर्कैले खोसर लगेको र त्यसमा समन्वयको भुमिका पनि आफूहरुले प्राप्त गर्न नसकेको माओवादी बुझाइपछि एमालेसँग उसले सम्वन्ध कायम राख्न अप्ठ्यारो परेको छ। 
 
१० सरकारको नेतृत्वले संविधान कार्यान्वयन गर्न सक्रियता नदेखाएको माओवादी टिप्पणी छ। संविधान कार्यान्वयनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सहितका दलहरुलाई विश्वासमा लिएर स्पष्ट खाकाका साथ अघी बढ्न नसकेको तथा संविधान कार्यान्वयनमा ढीलाई हुँदा देशमा आइपर्ने संकटको सामना गर्न प्रधानमन्त्री तथा एमाले अध्यक्षसँग कुनै योजना नभएको बुझाइपछि माओवादी सकेसम्म राष्ट्रिय सहमतिको नभए नयाँ समिकरण बनाएर जान चाहन्छ। यो अवस्थामा काँग्रेस उसको सहयात्री बन्न सक्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ