- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जुन सरकार आफ्ना मुलभूत उद्देश्यबाट स्खलित हुन पुग्छ त्यसले समाजबाट पाउने आस्था पनि गुमाउँदै जान्छ। वैधानिकताको संकट र कम्युनिष्ट पार्टीको आन्तरिक संकट व्यक्तिगत स्वार्थले निम्त्याएको हो । आफ्नै दलभित्र किचलो, अन्तर पार्टी कलह झ्याङ्गिदै जानु, असामयिक सरकार गिरावट हुनु तथा शासनकै संकट पैदा हुनु केपी शर्मा ओलीको नियतिको उपज हो । त्यसबाट अन्य समस्याहरु पनि देखिएका छन् ।
अहिलेको राजनीतिक परिवेशमा हेर्दा नेतृत्व पंक्तिमा राष्ट्रिय दृष्टिकोणको अभाव छ । मात्र राजनीतिक शक्ति हत्याउने अस्त्र मान्ने मानसिकता हाबी भएकोले पनि लोकतन्त्रले अझै बढी अन्तविरोधहरुको सामना गर्नु परेको हो । शक्तिका आडमा बिना रोकटोक आफ्ना निहित स्वार्थपूर्ति गर्ने अधिकारीहरुको वर्चस्व रहुन्जेल समाज लोकतान्त्रिक हिसाबले अघि बढ्न सक्दैन । जबसम्म राष्ट्रिय नेतृत्वले लाखौं दमित वर्गलाई सुरक्षा र जवाफदेहिता दिन सक्दैन तबसम्म लोकतन्त्र अर्थहीन रहन्छ भन्ने कुरा बुझ्न् जरुरी छ ।
राष्ट्रका अगुवाहरुले राष्टिय परिचय र एकता बनाउन सक्ने समर्थवान नेता उत्पादन गर्न नसकेसम्म राज्यको कमजोर अवस्था टर्न सक्दैन ।ओली नेतृत्वको सरकार प्रभावहीन हुनुको मुख्य कारण पछिल्ला दिनमा कम्युनिष्ट राजनीति हेर्दा आफ्नो अस्तित्व जोगाउन मात्रै रणनीतिगत रूपमा लोकतन्त्रलाई साम्यवादको पहाड चढ्ने भर्याङमात्र बनाउन खोजेको स्पस्ट बुझ्न् सकिन्छ ।
हुनत नेपालको राजनीतिमा मदन भण्डारीले विश्व कम्युनिष्ट आन्दोलनको अध्ययनबाट नेपालमा लोकतान्त्रिक मुल्य र मान्यताका विरुद्धमा जानु भनेको आत्महत्या सरह हुने अनुभव गर्दै बहुदलीय जनवादको नारा दिएर आवधिक निर्वाचनमा जानुपर्ने विचार अघि सारेका थिए । तर अहिलेका कम्युनिष्टका क्रियाकलाप हेर्दा बहुदल र बहुल समाजको स्विकारोक्ति जनतालाई झुक्याएर साम्यवाद स्थापनाको अवसरको खोजीका लागि अपनाइएको रणनीति मात्रै हो कि ? भन्ने प्रश्न उठ्न थालेको छ ।
२०४७ सालको संविधानलाई आलोचनात्मक समर्थन गर्नु, कम्युनिष्ट नेताहरूका भाषणमा र विदेशी नेताहरूसँगको भेटघाटमा आफूलाई लोकतन्त्रवादी भन्नु तर पार्टीको नाम र घोषणापत्रहरुमा साम्यवादलाई नछोड्नुले द्धेध चरित्रको राजनीतिबाट जनतालाई धोका दिइरहेको पुष्टि हुन्छ । गैरराज्यकर्ताहरु र अपराधीहरुले राजनीति संरक्षणको आडमा राज्यको उपस्थितलाई लत्याइरहेको पाइन्छ ।
आज यिनीहरुले गर्दा नै विकास निर्माण साँघुरिनु, विदेशी लगानी निरुत्साहित पारिनु, आर्थिक गतिविधिहरु ठप्प पारिनुलगायत भ्रष्टाचारलाई प्रोत्साहित दिने नव संरक्षणवादी राजनीतिक संकृतिले संविधानवाद र विधिको शासनको मूल मर्ममाथि नै प्रहार गरेको छ । द्धेध चरित्रका कम्युनिष्ट हिसात्मक र भ्रमपूर्ण राजनीतिका माध्यमद्वारा शासन कब्जा गर्ने नीति कम्युनिष्टहरुले लिएको पाइन्छ । कम्युनिष्ट अराजक हुन्छन् । यो उनीहरुको प्रवृत्ति नै हो । वर्ग विभाजन गरी आफू शासकीय अभिजात्य वर्गमा स्थापित भइरहने कम्युनिष्ट पार्टीका नेता तथा सदस्यहरुको एतिहासिक गलत सोचाइका कारण आज धेरै नेपाली जनताले वैचारिक स्वतन्त्रता प्राप्त गर्न सकेन । त्यसैले अब भिन्न विचार राखेर जीवन आहुतिको जोखिम उठाउन तयार हुनुपर्छ ।
स्वतन्त्रताप्रेमी नागरिकलाई सम्मान गर्नु त परै जाओस् घृणा उत्पन्न हुने कामको मात्र थालनी भएको छ । कू–संस्कार कालो बजारी महँगो भ्रष्टाचार, बलात्कार जस्ता जघन्य अपराध बढ्ने अवस्था अत्यधिक मौलाउँदै गयो संविधानको धारा मिच्नेदेखि संविधानको निर्मम हत्यासम्म गरी संविधानको विघटन गरेर जनमतको अपमान कामसमेत पनि ओली नेतृत्वको गरी छाड्यो। यी कम्युनिष्टका आन्तरिक लडाइ र व्यक्तिगत स्वार्थपूर्तिका कारण देश संकटमा परेपछि प्रतिपक्षीमा रहेको दल नेपाली कांग्रेसले बेलाबेलामा खबरदारी गराउने काम गर्दै आएको छ ।
ओली सरकारले आफ्नै कारण विश्वासको मत गुमाउनु परेको हो । एकातिर विश्वभरि फैलिएको कोरोना महामारीले थलिएको नेपाली समाजको जोखिम उठाउन नसक्नु र भ्याक्सिन उपलब्ध गराउनुको सट्टा कमिशन खाने र अनियमित तरिकाले आर्थिक हिनामिना गर्ने मनुवाहरुलाई कारबाही गर्नु भन्दा ‘दूधको साक्षी बिरालो’ भनेझैं सरकार साक्षी बसेको छ । सत्तारोहणका सहयात्रीहरु पनि लोकतान्त्रिक चरित्र र इमानदार राजनीतिका संवाहक भएमात्र सहकार्य गर्न उचित हुने थियो त्यसैले विचारमा स्पष्टता र राजनीतिमा इमानदारीलाई व्यवहारमा उतारेर राष्ट्रलाई स्पष्ट दिशानिर्देश गर्न जरुरी छ । (शाही नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय समिति विभाग सदस्य हुन्)