arrow

पहिरोले थुनिएका ७ चेप्राङीकाे चार दिनपछि उद्धार

logo
प्रकाशित २०७३ असार १९ आइतबार
cheprang-news-FNL.jpg.jpeg
काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाको कारण धादिङ जिल्ला री गाविस –९ चेप्राङ्गमा गएको पहिरोको कारण थुनिएका ७ स्थानीयको आइतबार बल्ल उद्धार भएको छ । मौसम खराव भएका कारण विगत केही दिनबाट हेलिकोप्टर जान सकेको थिएन । 
 
पहिरो गएको चार दिनपछि आइतबार काठमाडौंबाट गएको नेपाली सेनाको हेलिकप्टर तथा डिजास्टर असिस्टेन्ट एवं रेक्यु टिम र धादिङ जिल्लास्थित नेपाली सेनाको देवीदत्त गणबाट गएको टोलीले सकुशल उद्धार गरेको हो । 
 
उद्धार गरिएका मध्ये ४ जनालाई सदरमुकाम धादिङवेशीमा ल्याई थप उपचारको लागि नेपाल रेडक्रस सोसाईटी शाखा कार्यालयमा बुझाइएको र अन्य ३ जनालाई री गाउँको मेलेडाँडामा व्यवस्थापन गरिएको सेनाले जनाएको छ । 
 
विपद व्यवस्थापनमा सेनका कुनै पनि अवस्थामा नचुक्ने भन्दै न्युन स्रोत साधनकाबीच पनि उद्धार गर्न सक्नेमा विश्वास गर्न सेनाले भनेको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ