arrow

प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री महतोको पुत्ला दहन 

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७८ जेठ २३ आइतबार
putala-oli-mahato.jpg

लम्की, कैलाली । कैलालीको लम्कीमा प्रधानमन्त्री केपी ओली र उपप्रधानमन्त्री राजेन्द्र महतोको आइतबार पुत्ला दहन गरिएको छ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) को अगुवाइमा लम्कीमा प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री  महतोको पुत्ला दहन गरिएको हो ।

नेविसंघले पुत्ला दहन गर्दै प्रधानमन्त्री ओलीको राजीनामाको माग सहित देश बिखण्डताको अभिव्यक्ति दिने मधेशी दलका नेता तथा उपप्रधानमन्त्री राजेन्द्र महतोलाई देश निकाला गर्न माग गरेको छ ।  नेविसंघका साथै यस क्षेत्रका विभिन्न राजनीतिक दलमा आस्था राख्ने युवाहरूको सहभागिता रहेको थियो ।

 कुर्सीको लागि प्रधानमन्त्री ओलीले पटक पटक संसद विगठन गरी अनिर्णयको बन्दी बनाउने, अराजकता मच्चाउने देशी विदेशी विखण्डनकारी शक्तिसँगको साठगाँठले देशलाई खतरा तर्फ धकेलेको र राजेन्द्र महतोले उपप्रधानमन्त्रीको शपथ लिए सँगै मुलुकलाई विखण्डन गर्ने जस्ता अभिव्यक्ति दिएको भन्दै देश निकालाको माग गदै नेपाल विद्यार्थी सङ्घले देशै भरी विभिन्न कार्यक्रम गरी विरोध गरी रहेको छ । 

आफ्ना माग तत्काल पुरा नभए, ओली र महतो नसच्चिए कडा आन्दोलन गर्ने नेपाल विद्यार्थी सङ्घका नेता ललित जैशीले चेतावनी समेत दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ