arrow

कांग्रेसलाई नेतृत्व नदिने प्रचण्डको चक्कर

logo
प्रकाशित २०७३ असार १९ आइतबार
dahal-new.jpg.jpeg
काठमाडौं । नेकपा माओवादी केन्द्र केपी ओली सरकारले आफुसंगको पूर्व सहमति र सरकारमा आएपछि भएका सम्झौताबारे उदासिन देखिएको भन्दै भित्रभित्रै जलिरहेको छ । सहमति कार्यान्वयन नभए बजेट सम्म पनि पारित गर्न नदिन घुर्की लगाएको माओवादीको शनिबार बसेको केन्द्रीय कार्यालय बैठकले राष्ट्रय सहमतिको सरकारको कसरत थाल्न अध्यक्ष पुष्पकमल दाहाललाई म्यान्डेड दिएको छ ।
 
गएको वैशाख तेस्रो साता कांग्रेसको साथ लिई नयाँ सरकार गठनमा हाम फाल्न लागेका अध्यक्ष दाहाल फेरि राष्ट्रिय सहमति जुटाउने भन्दै ओली सरकारबाट हाम फाल्न खोज्दै छन् । यद्यपि, हालसम्म माओवादीका विश्वास नखाएको विपक्षी कांग्रेसलाई दाहालप्रतिको शंका छ ।
 
कांग्रेस सभापति शेरबहादुर देउवाले सहमतिको वातावरण बनाउने जिम्मा दिएका कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले नै दाहालप्रति अझै शंका रहेको बताएका छन् । उनले सरकार छोडेर नआए सम्म विश्वास गर्न नसकिने बताएका हुन् । उनले दाहाल फेरिपनि झुक्याउने खेल खेल्न सक्ने शंका समेत जनाएका छन् । 
 
दाहालको सरकारप्रतिको घुर्की देखेर कांग्रेस सशंकित भएपनि सभापति देउवाले भने केही नेताहरुसंग भेट गरेका छन् । माओवादीले भित्रभित्रै पकाइरहेको खिचडीबारे कांग्रेस पूर्ण रुपमा जानकार भएको छैन । यता, केही समय अघिसम्म कृष्णबहादुर महरा र वर्षमान पुनलाई बाहिरी वातावरण बनाउने जिम्मा दिएका अध्यक्ष दाहालले पछिल्लो समय सबै जिम्मा आफै लिएका छन् ।
 
माओवादी केन्द्र प्रवक्ता पम्फा भूषालले भनिन्, ‘सबै जिम्मा अध्यक्षलाई दिएका छौं ।’ राष्ट्रिय सहमति र नयाँ सरकार गठनबारे कसैले ड्राफ्ट पेश गरेका होइनन्, उनले थपिन्, ‘मौखिक छलफल भएको हो । अब जे गर्छ पोलिटव्यूरोले गर्छ ।’ माओवादीले नयाँ सरकारबारे कसरी जाने भन्ने सन्दर्भमा छलफल गर्न २१ गते पोलिटव्यूरो बैठक बोलाएको छ । 
 
कांग्रेसको शंका र दाहालको रणनीति 
कांग्रेसले वैशाख २२ गते दाहालले दिएको धोका सम्झिँदै सरकार नछोडी दाहालको विश्वास गर्न नसक्ने बताइरहँदा दाहालले नयाँ रणनीति लिएका छन् । दाहालले अहिले राष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको भन्दै त्यसको वातावरण बनाउने र आफै प्रधानमन्त्री हुने दाउ हेरेका छन् । राजनीतिक संयन्त्रको संयोजक भएकै कारण समेत दाहालले राष्ट्रिय सहमतिको सरकारमा बल गर्दै आएका छन् ।
 
तर दाहालले भने जस्तो राष्ट्रिय सहमति जुट्ने सम्भावना न्यून छ । कांग्रेस बहुमतिय सरकारको पक्षमा छ भने, केपी ओली समेत आफ्नो गठबन्धन सरकार गिर्न नदिने सोँचमा छन् । ओली सहमत भएपनि ओन्दोलनरत मधेसवादी दलहरु ओली सहभागि भएको सरकारमा नबस्ने निश्चित छ । मधेस मुद्धा समाधान र सवै दल एक ठाउँमा नआए दाहालले भन्ने गरेको राष्ट्रिय सहमतिको सरकार सम्भव छैन ।
 
यद्यपि, दाहालले अर्को उपाय समेत रोजेका छन् । तीन ठुला दल एक ठाउँमा आउने र केही साना दललाई साथमा लिएर बलियो समीकरण बनाउने र त्यसको प्रधानमन्त्री आफु हुने । दाहाल निकट एक नेताले हाम्राकुरासंग भने, ‘कांग्रेसको नेतृत्वमा उहाँ सरकारमा जानु हुन्न । राष्ट्रिय सहमति भए उहाँ नै प्रधानमन्त्री हुने हो । नभए सरकारमा जानुको के अर्थ ।’ अनि राष्ट्रिय सहमति जुट् छ त ? जवाफमा ती नेताले भने, ‘जुट्नु पर्ने हो ।
 
बहुमतिय सरकार बनाउन किन कसरत गर्नु र यही सरकार ठिक छ । कांग्रेसलाई नेतृत्व दिएर फेरि समीकरणको सरकारमा सहभागि हुनु दुर्भाग्य हुने अध्यक्षको बुझाई छ ।’ अविगत फेरि यही हुन्छ । दाहाल संघीय गठबन्धनलाई हातमा लिएर सरकार चालाउन चाहीरहेको ती नेताको भनाई छ । दाहालले बाहिर कांग्रेस एमाले जुनसुकैको नेतृत्व स्वीकार्य हुने बताएपनि भित्रै उनको खेल खण्ड अर्कै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ