arrow

भारतमा एकैदिन कोरोनाबाट ६ हजार १ सय ३८ जनाको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २७ बिहिबार
corona-india-killed.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसबाट बुधबार अप्रत्याशित तरिकाले कोरोना संक्रमितको ज्यान गएको छ । बुधबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ६ हजार १३८ जनाको ज्यान गएको छ । 

यो तथ्यांक कुनै पनि देशको एकैदिनको सबैभन्दा बढी हो । गत १७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार ५३० जनाको ज्यान गएको थियो ।  तर बुधबार त्यो तथ्यांकलाई पनि मात खुवाउने गरी मृतक बढेका छन् । 

मंगलबारसम्मका एक हप्ता मृतक पनि घट्दै गइरहँदा बुधबार भने एक्कासी मृतक बढेका हुन् । मंगलबार २ हजार २२२ जनाको ज्यान गएको थियो । सोमबार २ हजार ११५ जनाको ज्यान गएको थियो । आइतबार २ हजार ४४४ जनाको ज्यान गएको थियो । शनिबार २ हजार ६८१ जनाको ज्यान गएको थियो । 

योसँगै भारतमा अहिलेसम्म ३ लाख ५९ हजार ६९५ जनाको ज्यान गइसकेको छ । 

कोरोना भाइरसको महामारीविरुद्धको एक मात्र विकल्प रहेको खोप भारतले तीव्र रुपमा लगाइरहेको छ । अहिलेसम्म भारतमा २३ करोड ९० लाख ५८ हजार ३६० जनाले खोप लगाएका छन् । 

खोप लगाएकामध्ये कुल जनसंख्याको ३.५ प्रतिशतले दुवै डोज लगाए भने १४.४ प्रतिशतले कम्तीमा एक डोज लगाएका छन् । 
 
त्यस्तै भारतमा कोरोना भाइरसका संक्रमितहरु तीव्र रुपमा घटिरहेका छन् । बुधबार १ लाख ४८ हजार ९५१ जनालाई निको भएको छ । मंगलबार १ लाख ६२ हजार २८० जनालाई निको भएको थियो । सोमबार १ लाख ८५ हजार ७४७ जनालाई निको भएको छ । आइतबार १ लाख ७३ हजार ८३१ जनालाई निको भएको थियो । 

१७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको थियो । अहिलेसम्म भारतमा २ करोड ७६ लाख ४५ हजार २२५ जना संक्रमित कोरोनामुक्त भएका छन् । 
 
भारतमा संक्रमित पनि तीव्र गतिमा घटेका छन् । दुई महिनाभन्दा बढी समयपछि लगातार तेस्रो दिन लाख भन्दा कम संक्रमित थपिएका हुन् । बुधबार ९३ हजार ८२८ जना संक्रमित थपिएका छन् । मंगलबार ९२ हजार ७१९ जना संक्रमित थपिएका छन् । सोमबार ८७ हजार २९५ जनामात्र संक्रमित थपिएका थिए । 

आइतबार १ लाख १ हजार १५९ जना संक्रमित थपिएका थिए । शनिबार १ लाख १४ हजार ४१५ जना संक्रमित थपिएका थिए ।  भारतमा मे पहिलो साताको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । भारतमा अहिलेसम्म २ करोड ९१ लाख ८२ हजार ७२ जना संक्रमित पुगेका छन् ।

सक्रिय संक्रमित घटेर ११ लाखमा झरेका छन् । हाल ११ लाख ६५ हजार ४८७ जना सक्रिय संक्रमित रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ