arrow

बहुमत छ, नपुगे सत्ता छाड्छु : मुख्यमन्त्री पोखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २८ शुक्रबार
shankar-pokh.jpg

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आफ्नो पक्षमा बहुमत रहेको दाबी गरेका छन् । उनले बहुमत नपुगे सरकार  छाड्ने बताएका छन् ।  मुख्यमन्त्री पोखरेलले राजनीतिक रूपमा आफूसँग प्रस्ट बहुमत रहेको र बहुमत गुम्यो भने आफूले एक मिनेट पनि सत्ताको नेतृत्व नलिने बताएका हुन् ।
 
‘म अङ्क गणितमा विश्वास गर्छु, राजनीतिक रूपमा मसँग बहुमत छ, बहुमत गुम्यो भने स्वाभाविक रूपमा एक मिनेट पनि सत्तामा रहनु हुँदैन भन्ने लाग्छ मलाई ।’ लुम्बिनीका मुख्यमन्त्री पोखरेलले शुक्रवार प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रमका विषयमा धारणा राख्दै भने ।

प्रदेश सभाका विपक्षी चार दलले बहुमत गुमाइसकेको भन्दै उनको राजीनामा माग्दै आइरहेका छन् । तर उनले भने जसपाबाट कारबाही भोगेका तर सर्वोच्चले पद जोगाइदिएका प्रदेश सभा सदस्यलाई समेत आफ्नै पक्षमा रहेको दाबी गर्दै बहुमत रहेको भन्दै आइरहेका हुन् । 

लुम्बिनी प्रदेश सभामा ८३ सदस्य छन् । सो प्रदेशमा एमालेका ३८ सांसद छन् ।  गत १९ वैशाखमा पोखरेल नेकपा एमालेसँग एकल बहुमत रहेको दाबी गर्दै संविधानको १६८ (१) अनुसार लुम्बिनीको मुख्यमन्त्री नियुक्त भएका थिए । 

हाल उनीमाथि विपक्षी गठबन्धनबाट विश्वासको मत लिन दबाब बढिरहेको छ ।  विपक्षी गठबन्धनले २६ वैशाखमा दोस्रो पटक मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गरिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ