arrow

वृक्षरोपण अभियान सुरु , आठ हजार बिरुवा लगाइँदै

logo
प्रकाशित २०७३ असार २० सोमबार
treeeeeeeeee.jpg.jpeg
जुम्ला । ‘रुख रोपौँ वन जोगाऔँ, जुम्ला जिल्लालाई हरियाली बनाऔँ’ भन्ने मूल नाराका साथ यहाँको कुडारी गाविस–१ पहाडा लुम्सेरास्थित सेरीडाँडा राष्ट्रिय वन क्षेत्रमा आठ हजार बिरुवा रोप्न सुरु गरिएको छ । सो वृक्षरोपण अभियानको आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बलबहादुर महतले शुभारम्भ गरे ।
 
कार्यक्रममा राज्यमन्त्री महतले बर्सेनि तीव्ररुपमा जङ्गल मासिँदै गएका कारण खडेरी परेको उल्लेख गर्दै अब जुम्लाबाटै ‘हरियो वन नेपालको धन’ भन्ने उक्तिलाई साकार पार्नुपर्नेमा जोड दिए । 
 
जिल्ला वन अधिकृत मोहनप्रसाद श्रेष्ठले वन तथा भू–संरक्षण मन्त्रालयको आँकडामा मुलुकमा पाँच प्रतिशतले वन बढिरहेको बेला जुम्लामा चार प्रतिशत घटेको तथ्य प्रस्तुत गरे । 
 
वन कार्यालयले पाँच हेक्टर जमिनमा मोडेलका रुपमा गोब्रेसल्ला र देवदार बिरुवा लगाउने कार्यत्रम सुरु गरेको हो । 
 
 
सो कार्यक्रमका लागि जिल्ला वन कार्यालय जुम्लाले रु दुईलाख ५० हजार, नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमले रु एक लाख र कुडारी गाविसको रु एक लाख गरी जम्मा रु चार लाख ५० हजार खर्च गरिएको सहायक वन अधिकृत श्यामलाल महतले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ