arrow

भारतमा ७४ दिनयताकै सबभन्दा कम संक्रमित

logo
सिन्ह्वा,
प्रकाशित २०७८ जेठ ३१ सोमबार
corona-india-bed.jpg

नयाँ दिल्ली । भारतमा आइतबार ७० हजार ४२१ व्यक्तिमा कोरोना संक्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । हिजो आइतबार भारतमा ७४ दिनयताकै यो सब भन्दा कम कोरोना संक्रमित फेला परेको हो ।

गत २४ घण्टामा यहाँ कोरोना संक्रमणको कारण ३ हजार ९२१ जनाको मृत्यु भएपछि भारतमा कोरोनाबाट मृत्यु हुने कूूल व्यक्तिको संख्या ३ लाख ७४ हजार ३०५ भएको जनाइएको छ ।   यहाँ हाल कोरोना संक्रमितको कूुल संख्या २ करोड ९५ लाख १० हजार ४१० पुगेको मन्त्रालयले सोमबार जानकारी दिएको छ । 

गत २४ घण्टामा  १ लाख १९ हजार ५०१ जना कोरोना भाइरस संक्रमित मुक्त भएका छन् । यसैसँग २ करोड ८१ लाख ६२ हजार ९४७ जना कोरोना मुक्त भएका बताइएको छ  । भारतमा कोरोना भाइरस संक्रमण मुक्त हुने दर ९५।४३ प्रतिशत रहेको छ । हाल यहाँ ९ लाख ७३ हजार १५८ जना सक्रिय संक्रमित रहेका छन् । 

 कोरोना शुरु भएयता हालसम्म यहाँँ ३७ करोड ९६ लाख २४ हजार ६२६ जनाको कोरोना परिक्षण भएको सरकारी स्रोतले जानकारी दिएको छ ।  गत जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म भारतमा २५ करोड ३१ लाख ९५ हजार ४८ डोज खोप लगाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ