arrow

सेतीवेणीवासी अविरल बर्षादले रातभर जाग्राम, बढीबाट बजारका ८ घरमा क्षति 

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७८ असार २ बुधबार
setibani-syanjga.JPG

स्याङ्जा । सेती वेणी धार्मिक क्षेत्र हो । एसियाकै ठुलो शालिग्राम रहेको सेती वेणीमा विभिन्न धार्मिक पर्वमा मेला लाग्ने गर्दछ । स्याङ्जा, पर्वत र गुल्मी तिन जिल्लाको सङ्गम स्थल हो सेती वेणी । स्याङ्जा र पर्वतको सिमाना छुटाउने सेती खोला र दुई प्रदेश छुटाउने काली गण्डकीको बिचमा रहेको सेती वेणी बजार हरेक बर्षाद समयमा जोखिम हुँदै आएको छ । नेपालकै ठुलो जलविद्युत आयोजना काली गण्डकी ए परियोजना निर्माण गर्दा बनाएको ड्यामका कारण यो बजार जहिले पनि बर्षादमा जोखिममा पर्ने गरेको हो । 

ठुलो पानी पर्न साथ यहाँका बासिन्दा जाग्राम बस्न बाध्य छन् । काली गण्डकी किनार र सेती खोलाले घेरिएको बजार ठुलो पानी पर्नासाथ जुनसुकै बेला पनि बाढीले ठुलो दुर्घटना हुन सक्ने क्षेत्र पनि हो । समयमै काली गण्डकीका ड्यामहरू खेल्न ढिलाइ भयो भने अप्रिय घटना घट्न सक्ने क्षेत्र भएकाले पानी पर्नासाथ सबै मिलेर जाग्राम बस्ने स्थानीय देवी श्रेष्ठले बताए । 

यस्तै दुखद दिन सेती वेणीका लागी तिन दिन देखीको अविरल बर्षादले नाएको छ । स्याङ्जाको गल्याङ् नगरपालिका वडा नम्बर ५ मा पर्ने सेतिबेणी बजारमा बाढीले ८ घर बगाएको छ । काल गण्डकी नदी र सेती खोलाको बहाव बढेपछि बजारमा पसेको बाढीले सो घरमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिएसपी राजेन्द्र प्रसाद अधिकारीका अनुसार स्थानीय केश बहादुर क्षेत्री, केशवराज न्यौपाने, ठाकुर प्रसाद श्रेष्ठ, रेशमराज न्यौपाने, लक्ष्मी पती न्यौपाने, गुरु बहादुर क्षेत्री, तेजराम काफ्ले र त्रिविक्रम हेजुको घर अविरल वर्षा सँगै आएको काली गण्डकी नदीको बाढीले क्षतिग्रस्त बनाएको जानकारी दिए ।  

८ घरका २४ जनाको विस्थापित भए पछि उनीहरूलाई उद्धार गरी नजिकैको विद्यालयमा राखिएको प्रवक्ता अधिकारीले बताए । यो वर्षको मनसुनमा अत्यधिक वर्षा भएका कारण मानवीय क्षति नभए पनि विस्थापित हुने अवस्था सिर्जना भएको स्थानीय श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार मङ्गलवार रातभर सेती वेणी बजार बासी जाग्राम बसेर ज्यान जोगाएको बताए । हरेक वर्ष जोखिम मोल्नुपर्ने यस क्षेत्रमा अहिले सम्म सरकारले कुनै चासो दिएको छैन । 

तटीय बन्धन गरे पनि दीर्घकालीन हुने गरी नबनाउँदा काली गण्डकीको बाढीको समस्यामा सेतीवेणीवासीले भोग्न बाध्य छन् । धार्मिक पर्यटकीय गन्तव्यको योजनामा परेको सेती वेणीलाई दीर्घकालीन योजना बनाएर सुरक्षित गर्नुपर्ने अवस्था देखिएको छ । यता अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको ठाउँ ठाउँमा पहिरो जाँदा अवरुद्ध हुन पुगेको छ । त्यस्तै सबै ग्रामीण सडकहरू पनि अवरुद्ध भएका प्रहरीको भनाई छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ