arrow

अमेरिकी वैज्ञानिक टोलीले पत्ता लगायो नयाँ ग्रह

logo
प्रकाशित २०७३ असार २१ मंगलबार
nasa.JPG.jpeg
काठमाडौंं । अमेरकी वैज्ञानिकको टोलीले सौर्यमण्डलमा प्लुटो भन्दा पनि निकै टाढा अर्को एउटा ग्रह रहेको पत्ता लगाएको छ । जुन ग्रह प्लुटो भन्दा आकारमा केही सानो रहेको र यो पृथ्बीबाट ४ अर्व माइल टाढा रहेको पत्ता लगाइएको हो ।
 
यसअघिसम्म सौर्यमण्डलमा प्लुटो सबैभन्दा सानो र टाढाको ग्रह रहेको दावी थियो । सो ग्रहको बैज्ञानिक अवलोकन पनि भइसकेको छ । अमेरिकाको पासाडेनास्थित क्यालिफोर्नियाको इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिकहरु माइकल ब्राउन चाडविक त्रुजिलोले निकै बर्ष लगाएर उक्त ग्रह पत्ता लगाएको हो ।
 
नयाँ खोजी गरिएको ग्रहको नामकरण भने गरिएको छैन । ब्यासको आकारको हिसाबले यो ग्रह पृथ्वीभन्दा दशौं गुणा सानो छ । एजेन्सी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ