काठमाडौं । सरकारमै बसेर संविधान विरोधी काम गरेको भन्ने चर्चामा तुक छैन । आफुहरुले संविधान सभामा दर्ज गरेको मुद्दालाई नै उठाइरहेका हौं । हामीले कुनै गैर संवैधानिक काम गरेको हैन । केपी ओली नेतृत्वको सरकारमा हामी भिख माग्दै गएको होइन । तिमिहरुको मुद्धा स्थापित गर्छौं भनेर सरकारमा गएका हौं । हिन्दु राष्ट्रकै एजेण्डा पहिलो हो । राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले हाम्राकुरासंग दिल खोलेर–भने । हिन्दु राष्ट्रको आवाज बढ्दै गएको बताउँदै गिरीले आफुहरुपति कुनै शंका नगर्न आग्रह गर्दै अहिले आएर आफुहरुले गतिविधि नगरेको र विगतकै मुद्दा स्थापित गर्न संघर्षलाई निरन्तरता दिएको सुनाए ।
उनले भने, ‘प्रस्ट कुरा के हो भने, हिन्दु राष्ट्र हाम्रो एजेण्डा हो । संविधान जारी गर्ने बेलामा जम्मा दुई एजेण्डामा मात्रै हामी भिन्न रहयौं । पहिलो एजेण्डा संविधान सभामा रहेका ३१ दल मध्य ३० दल गणतन्त्र र संघीयताको पक्षमा रहे । हामी एक्लै विपक्षमा रहयौं ।’ दोस्रो एजेण्डा संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र स्थानीय स्वायत्त शासन यसमा पनि हामी पराजित भयौं । हामीले हार स्वीकार गरेकै हौं । तर यो प्रजातन्त्रको सन्दर पक्ष हो ।
गिरीले थपे, ‘हामी अल्पमतमा परेपनि मुद्दा छोडेका छैनौं ।’ हामी संवैधानिक विधिबाट आफुहरुको एजेण्डा स्थापित नभएसम्म संघर्ष जारी राख्छौं । बहुमतीय संविधान भएपनि हामीहरुको मुद्दा दर्ज भएको छ । उसो भए उतिबेलै नोट अफ् डिसेन्ट लेखेर किन जनतामाझ न जानु भा ? जवाफमा गिरीले भने, ‘हिजोको जनमत र आजको जनमत निकै फरक छ । राजनीतिक पेरिवेश जनचाहाना अनुसार परिवर्तन हुने हो । भन्नु हुन्छ भने हिजो अहिलेका प्रधानमन्त्री हारेका थिए, आज विजयी भए प्रधानमन्त्री भए ।’ जन चाहना के हो भन्ने महत्वपूर्ण हो ।
संविधानको सम्पत्तिको रुपमा हामीले हिन्दु राष्ट्रको मुद्दा दर्ज गरेका छौं । गिरीकै भाषामा हिजो हिन्दु राष्ट्रको जागरण अभियान चलाउने कांग्रेस नेता खुमबहादुर खड्का समूह समेत जन चाहना नै प्रमुख विषय भन्दै आएको छ ।
यसलाई हिन्दु राष्ट्रका नाममा राजनीति गर्ने दाउ भन्ने की ? गिरीले आफुहरुले कुनै असंवैधानिक कुरो र आधारहिन कुरो नगरेको जवाफ दिए । उनले भनेका छन्, ‘संविधानमा जो सनातन देखि चलिआएको सनातन धर्मको संरक्षण हुने गरी धर्म निरपेक्ष रहने भन्ने भाषा संविधानले नै लेखेको छ । सनातन धर्म भनेको हिन्दु धर्म मात्रै हो, यो धर्महरुको जननी हो । यसले पछि आएका कुनै धर्मलाई बन्देज लगाएको छैन । स्वभाविक स्वतन्त्रताको कदर गर्नु हिन्दु धर्मको प्रमुख विशेषता हो । कसैलाई विभेद गरेको छैन ।
कसैले धर्मनिरपेक्षताका लागि संघर्ष गरेको भन्ने, कसैले हिन्दु राष्ट्रका लागि लडेको भन्ने तपाईहरुले की हामीले कस्ले कुरा नबुझ्या ? गिरीले धर्म निरपेक्षता कसैको निर्देशनात्मक बाटोबाट गलत धारणाले आएकाले कसैलाई भलो हुँदैन– भने । विभिन्न आवरणमा निर्देशन लिएर आएकाहरुले विगारेका हुन् । भ्रम सिर्जना गरेका हुन् ।
हामी प्रष्ट छौं । उनले पथे, ‘एउटा कुरा हेर्नुस् जो व्यक्ति स्वयं स्वतन्त्र भएको हुँदैन सोही व्यक्तिले स्वतन्त्रताको कुरा गर्दछ । यहाँ नेर बुझ्नु पर्ने कुरा स्वभाविक स्वतन्त्रता नै हाम्रो एजेण्डा हो । जहाँ बहु संख्यकलाई पाच्य छ । हिन्दु राष्ट्र हुने वित्तिकै कोही थिचो मिचोमा पर्ने भन्ने कुरै आउँदैन । कुनै धार्मीक असहिष्णुता आउने भन्ने कुरा होइन । भाइचारा र राष्ट्र भाव जोगाउन र राष्ट्रिय अस्तित्व खतरामा पर्न नदिन हिन्दु राष्ट्र चाहिन्छ भनेका हौं ।
अनि हिन्दु राष्ट्रको नाराले चुनावको माहोल सिर्जना गर्ने परिपाटी नी ! त्यसमा हामीले कुनै भड्काउ सिर्जना गरेका छैनौं । हामीले पहिले देखि उठाएकै मुद्दालाई शान्तिपूर्वक प्रजातान्त्रिक ढंगबाट स्थापित गराउन खोजीरहेको तर्क गिरीले गरे । यद्यपि, राप्रपाको एजेण्डा उठान र गिरीको तर्क नैतिक रुपमा नसुहाउने टिप्पणी भएको छ । एकातिर वामपन्थी र उग्र वामपन्थीहरुको समूहमा लिप्त हुने अर्कोतिर हाम्रो मुद्दा स्थापित गर्छौं भनेकैले सरकारमा गएको तर्क नैतिक रुपमा गर्न नमिल्ने विश्लेषकहरुको धारणा छ ।