arrow

सांसद अमात्यद्वारा ७ जना अपाङ्गता भएकालाई ह्वील चियर वितरण

logo
प्रकाशित २०७३ असार २१ मंगलबार
rajendraa-amatya.jpg.jpeg
वीरगञ्ज। नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ का सांसद राजेन्द्र बहादुर अमात्यले फरक क्षमता भएका व्यक्तिहरुका लागि संविधानमा समेत आरक्षणको व्यवस्था गरिएको बताएका छन्। जिल्ला अपाङ्ग समन्वय समिति पर्साद्वारा अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चियर वितरण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद अमात्यले फरक क्षमता भएका व्यक्तिहरुको व्यक्तित्व विकासका लागि सरकारी सेवा सुविधामा समेत बृद्धि भएको बताए। उनले जिल्ला अपाङ्ग समन्वय समिति पर्सालाई संसदीय विकास कोषबाट १ लाख रुपैया नगद सहयोग गर्ने घोषणा समेत गरे।
 
कार्यक्रममा सांसद अमात्यले ७ जना अपाङ्ग व्यक्तीहरुलाई सात थान ह्वील चियर वितरण गरेका थिए। जिल्ला अपाङ्ग समन्वय समिति पर्साका उपाध्यक्ष संतोष सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न नेता कार्यकर्ताहरु सहभागि थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ