arrow

प्रम ओलीविरुद्ध पाँच विद्यार्थी सङ्गठनले प्रदर्शन गर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ९ बुधबार
kp-oli-angry.jpg

काठमाडौँ । पाँच विद्यार्थी सङ्गठनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बिहीबार प्रदर्शन गर्ने भएका छन् । पाँच विद्यार्थी सङ्गठनले बुधवार संयुक्त विज्ञप्ति निकालेर प्रदर्शनीको जानकारी दिएका हुन् । प्रदर्शनमा नेविसंघ, अनेरास्ववियु, अनेरास्ववीयू क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौँ सहभागी हुनेछन् ।  

उनीहरूले बिहीबार दिउँसो तीन बजे प्रर्शनीमार्गमा संयुक्त रूपमा प्रदर्शन गर्न लागेका हुन् । ओली नेतृत्वको असंवैधानिक, अलोकतान्त्रिक तथा जनविरोधी सरकारको विरुद्धमा बिहीबार १० गते ३ बजे पाँच विद्यार्थी सङ्गठनद्वारा सामाजिक दुरीमा , स्वास्थ्य मापदण्ड भित्र रही विरोध प्रदर्शन गर्ने नेविसंघ महामन्त्री दीपक भट्टराईले बताए ।

  प्रधानमन्त्री ओली निरन्तर संविधान विरोधी काम गर्न उद्धत रहेको सङ्गठनको ठहर छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ