arrow

विपक्षी गठबन्धन सरकार विरुद्ध सडक संघर्षमा, विहीबार पाँच विद्यार्थी संगठनको प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १० बिहिबार
deuba-prachanda-nepal-yadav-4-parties.jpg

काठमाडौं । विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध सडक संघर्ष गर्ने निर्णय गरेको भोलिपल्ट आज(विहीबार)पाँच विद्यार्थी संगठनले सरकारविरुद्ध आन्दोलन गर्दैछन् ।

ओलीले एकपछि अर्को अलोकतान्त्रिक र असंवैधानिक कदमहरु चालेको भन्दै नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्वीयू (माधव पक्ष), जनता समाजवादी विद्यार्थी यूनियन र अखिल छैठौंले संयुक्त रुपमा आन्दोलन गर्न लागेका हुन् ।

विद्यार्थी संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै कोरोनाबाट जनता आक्रान्त भइरहेको बेला ओली सरकार जनतालाई राहत र सहुलियत दिनुको सट्टा एकपछि अर्को राष्ट्रघात, कुशासन, महंगी र भ्रष्टाचार थोपरिएको आरोप लगाएका छन् ।

बुधबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठकले प्रतिगमनविरुद्ध विरोध प्रदर्शनका कार्यक्रम अगाडि बढाउने निर्णय गरेको थियो ।

बैठकले स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै विरोधका कार्यक्रम अगाडि बढाउने गठबन्धनले निष्कर्ष निकालेको थियो। बैठकमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतका नेताहरू उपस्थित थिए ।



नयाँ