arrow

सरकारविरुद्ध सडक संघर्षमा उत्रिएको विपक्षी गठबन्धन सम्पादकहरुसँग परामर्श गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १० बिहिबार
deuba-prachanda-nepal-yadav-4-parties.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध सडक संघर्ष गर्ने निर्णय गरेका पाँच दल आवद्ध विपक्षी गठबन्धनले विहीबार दिउँसो नेपाली संचारमाध्यमका सम्पादकहरुसँग छलफल गर्दैछ ।

विहीबार नै पाँच विद्यार्थी संगठनले सरकारविरुद्ध आन्दोलन गर्दैगर्दा विपक्षी गठबन्धन सम्पादकहरुसँग छलफलमा जुटेको हो । वानेश्वरमा दिउँसो दुई बजेका लागि आब्हान गरिएको छलफलमा नेपालका प्रतिष्ठित संचारमाध्यमका सम्पादकहरुलाई निम्ता गरिएको छ ।

सरकारको अकर्मण्यता र गैरजिम्मेवारीपनका कारण राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको निष्कर्ष निकालेका गठबन्धनले मंगलबार एक संयुक्त वक्तब्यमार्फत संविधानको सर्वोच्चताको उल्लङ्घन गरी सरकार स्वेच्छाचारी रुपमा अघि बढेकाले त्यसविरुद्ध उत्रिनुपर्ने बताउँदै आएको छ ।

दुई/दुई पटक प्रतिनिधि सभा विघटन, अध्यादेशद्वारा शासन सञ्चालन, संवैधानिक अंग लगायत राज्यका निकायहरुको दुरुपयोग, राजनीतिक दलहरुमा विभाजन, भ्रष्टाचार, परराष्ट्र सम्बन्ध र कूटनीतिमा विचलन र असन्तुलन  तथा कोरोना संक्रमणको महामारीबाट जनतालाई सुरक्षा र राहत प्रदान गर्न असक्षमता एवम् बाढी, पहिरो र डुवान जस्ता प्राकृतिक विपद् व्यवस्थापनमा पूर्वतयारीको अभाव जस्ता कार्यसमेतले सरकारको अकर्मण्यता र गैरजिम्मेवारीपन देखिएको गठबन्धनले निष्कर्ष निकालिसकेको छ ।

त्यस्तै सर्वोच्च अदालतको पछिल्लो आदेशपछि रक्षात्मक देखिएको सत्तापक्षले जुनसुकै बेला नयाँ अस्त्र प्रयोग गरेर थप राजनीतिक संकट निम्त्याउन सक्ने भन्दै संशकित बनेका विपक्षी गठबन्धन सम्पादकहरुसँग परामर्शमा जुटेको बुझिएको छ ।

विहीबारको छलफलमा नेपाली काँग्रेस, माओवादी केन्द्र, उपेन्द्र यादव समूहको जनता समाजवादी पार्टी, माधव नेपाल समूहको नेकपा एमाले र राष्ट्रिय जनमोर्चा नेपालसमेत गरी पाँच दलका शीर्ष नेताहरु सहभागी हुने जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ