arrow

प्रम ओलीविरुद्ध उत्रिए विद्यार्थी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १० बिहिबार
nsu-birodh.jpg

काठमाडौँ । पाँच विद्यार्थी सङ्गठनले शुक्रवार प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शनी मार्गमा विरोध प्रदर्शन गरेका छन् । 

 नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ, नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी), जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्ष निकट समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चानिकट अखिल (छैटौँ) लगायतले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरेका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्दै उनीहरूले बिहीबार दिउँसो तीन बजे प्रदर्शनी मार्गमा संयुक्त रूपमा प्रदर्शन गरेका हुन् । ओली नेतृत्वको असंवैधानिक, अलोकतान्त्रिक तथा जनविरोधी सरकारको विरुद्धमा विद्यार्थी सङ्गठनद्वारा सामाजिक दुरीमा , स्वास्थ्य मापदण्ड भित्र रही विरोध प्रदर्शन गरिएको नेविसंघ महामन्त्री दीपक भट्टराईले बताए ।

कोभिड–१९ सङ्क्रमणलाई ध्यान दिएर स्वास्थ्य सुरक्षा अपनाएर विरोध प्रदर्शन गरिएको अनेरास्ववियुकी नेत्री आरती लामाले बताइन् ।  गत जेठ ८ गते विघटित प्रतिनिधिसभाको विषयमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ