काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री सशांक कोइराला गम्भीर विरामी परेका छन् । न्यून रक्तचाप भएका कारण उनलाई चावहिलस्थित ओम अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । कोइरालाका स्वकीय सचिव भरत तिवारीले कोइरालाको गम्भीर अवस्थामा भेन्टिलेटरमा रहेर उपचार भइरहेको बताए ।
न्यून रक्तचाप भएसंगै उनलाई मंगलबार नै ओम अस्पतालमा भर्ना गरिएको थियो । तर राति बान्ता गरेसंगै उनलाई बिहान साँढे ५ बजेबाट भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वकीय सचिव तिवारीले बताए । उनले स्थिति खतरा नै रहे पनि केही सुधार देखिएको चिकित्सकलाई उधृत गर्दै हाम्राकुारालाई जानकारी गराए ।
महामन्त्री कोइरालालाई भेट्न नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह लगायत ओम अस्पतामा पुगिसकेका छन् ।