arrow

एमाले स्थायी कमिटी बैठकमा नेपाल पक्षसँगको एकता पहिलो प्राथमिकतामा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १३ आइतबार
amale-isthai-samiti.jpg

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार सूर्य थापाले बैठक जारी रहेको उल्लेख गरेका छन् ।

समसामयिक राजनीतिक घटनाक्रम साथै माधव नेपाल समूहसँग एकताका विषयमा बैठक बसेको बताइएको छ ।

सर्वोच्च अदालतको पछिल्लो आदेशपछि पाँच जनामा सिमित भएको मन्त्रिपरिषदका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

विशेषगरी नेपाल पक्षसँग कसरी एकता गरी अघि बढ्ने भन्नेबारे छलफल केन्द्रित रहेको बुझिएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ