arrow

ओली मात्र प्रधानमन्त्री बन्नुपर्छ अरु बन्न सक्दैनन् भन्ने संविधानमा व्यवस्था छैन : भीमार्जुन आचार्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १३ आइतबार
bhimarjun_acharya.jpeg

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा (४) को प्रावधान अनुसार ३० दिनभित्र संसदमा विश्वासको मत लिनैपर्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनका सम्बन्धमा सर्वोच्च अदालतमा परेका रिटमाथि भइरहेको आइतबारको सुनुवाइका क्रममा बहस गर्दै आचार्यले प्रधानमन्त्री रिक्त नभई धारा ७६ को उपचार ५ को प्रक्रिया शुरु गरिएको उल्लेख गर्दै उपधारा ५ मा जानका लागि प्रधानमन्त्रीको पद रिक्त हुनुपर्ने तर्क गरे ।

आचार्यले ओली मात्र प्रधानमन्त्री बन्नुपर्छ, अरु बन्न सक्दैनन् भन्ने व्यवस्था नगरेको उल्लेख गर्दै भने, ‘धारा ७६ का सबै उपधारा अनुसार केपी ओली मात्र प्रधानमन्त्री बन्नु पर्छ अरु बन्न पाउँदैनन् भन्ने संविधानले व्यवस्था नै गरेको छैन ।’

एउटा व्यक्तिले एउटै कार्यकालमा संविधानका सबै धारा अनुसार प्रधानमन्त्री हुन पाउने भन्ने कहीँ नलेखेको उनको भनाइ थियो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ