arrow

डा.कोइरालाको अवस्था एकदम क्रिटिकल –चिकित्सक

को को छन् त उपचारमा (नामावलीसहित)

logo
प्रकाशित २०७३ असार २२ बुधबार
ommmmmm.jpg.jpeg
काठमाडौं । मेसिनको सहायतामा गम्भीर अवस्थामा चावहिलको ओम अस्पतालमा उपचाररत नेपाली काँग्रेसका महामन्त्री डा। सशांक कोइरालाको अझै होस खुलेको छैन । डा. कोइरालाको गम्भीर एवं स्थीर अवस्थामा चावहिलको ओम अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । पूर्ण मेसिन र सत्प्रशित अक्सिजनको सहयोगमा नै डा. कोइरालाको उपचार भइरहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । सामान्यतया शरीरको तापक्रमभन्दा कममा राखेर उपचार भइरहेको छ डा. लव जोशीले जानकारी दिए । । 
 
चिकित्सकको टोलीले एपोलो अस्पतालमा एयर एम्बुलेन्स तयारी अवस्थामा रहेको बताएको छ । तर टोलीले नै तत्काल कोइरालालाई लैजाने अवस्था नरहेको पर्ख र हेरको अवस्थामा एयर एम्बुलेन्स स्टयाण्डबाइ राखिएको जनाइएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइरालाको नेतृत्वमा १५ जनाको विशेषज्ञ चिकित्सकको टोलीले डा कोइरालाको उपचार गरिरहेको छ । चिकित्सकको टोलीले तत्काल अन्त कतै लगेर उपचार सम्भव नभएको भन्दै ओम अस्पतालमै राखेर उपचार गर्नुपर्ने निष्कर्ष निकालेको छ । भारतको एपोलो अस्पतालमासमेत सल्लाह लिइसके पनि डा. कोइरालालाई भारतमा लैजानेबारे भने चिकित्सकहरु ढुक्क हुन सकेका छैनन् ।
 
विमानस्थलसम्म कोइरालालाई लैजान कठिन हुने भएकाले तत्काल यो सम्भव नभएको चिकित्सकले बताएका छन् । भेन्टिलेटरबाट निकाल्ने अवस्था नरहेकाले अहिले हतारिएर भारत लैजान नहुने निष्कर्षमा चिकित्सकको टोली पुगेको हो । एयर एम्बुलेन्स एयरपोर्टसमम्म आइपुगे पनि त्यहाँसम्म डा। कोइरालालाई लैजान जोखिम भएको चिकित्सकले बताएका छन् । १२ बजेपछि १५ जनाको टोली सबेर छलफल गरेरमात्र थप के गर्ने भनी निर्णय गरिने चिकित्सकले जनाएका छन् । २ बजेतिर फेरि प्रेस विज्ञप्ति जारी गर्ने पनि डा. जोशीले जनाएका छन् । 
 
उपचारमा उनकै श्रीमती डा सुपात्रा कोइराला पनि सक्रिय भएकी छिन् । ओम अस्पतालमै कार्यरत डा सुपात्राले निरन्तर डा सशांकको निगरानी गरिरहेकी हुन्। डा सुपात्राले भने यहाँ एकसे एक चिकित्सक भएकाले डा कोइरालालाई विदेश लैजान नपर्ने प्रतिक्रिया दिएकी छिन्। न्यून रक्तचाप भइ ओम अस्पतालमा मंगलबार राति भर्ना भए पनि आज बिहानै भने बान्ता गरेपछि थप समस्या भएको हो। वान्ता स्वासप्रश्वास नलीमा गएपछि डा कोइरालाको स्वास्थ्यमा थप जटिल समस्या परेको हो। 
 
१५ जनाको सिनियर टिममा को को छन् त ? 
डा  अर्जुन कार्की 
डा भगवान कोईराला
डा लव जोशी
डा युएन पाठक - मेडिसिन
डा श्याम महर्जन -एनेस्थेसिया
डा सुवास आचार्य - क्रिटिकल केयर स्पेस्लिष्ट
डा महेश भट्टराई -कार्डियोलोजिष्ट
डा अर्जुन श्रेष्ठ -चेष्ट सर्जन
डा रविन्द्र श्रेष्ठ -फिजिसियन
डा रावल पाठक -ग्यास्ट्रो
डा पिके क्षेत्री -नेफ्रो
डा हरीकिशोर श्रेष्ठ - म्यानेजिङ डाइरेक्टर , ओम हस्पिटल
डा हरिस जोशी -मेडिकल डाईरेक्टर, ओम हस्पिटल



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ