एजेन्सी ।मुम्बईको वर्सोवामा गायक मिका सिंह माथि महिला हिंसाको आरोपमा उजुरि दर्ता गरिएको छ ।
सो आरोप एक भारतिय डिजाइनरले लगाएकि हुन् । डिजाइनर अरु कोहि नभएर मिकाकै महिला साथि रहेको बताइएको छ । जससँग निकै पहिले देखि उनको सम्बन्ध रहेको छ । वर्सोवा प्रहरिले सो आरोपमा उजुरी दर्ता गरेको हो । प्रहरिले उक्त घटना प्रति छानबिन सुरु गरेको जनाएको छ ।